प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व चतुर्दशी - १४

आ.ज.उ.रा.प्रतिष्ठानको २२औं स्थापना दिवस (माघ २५ गते) !!

आ.ज.उ.रा.प्रतिष्ठानको २२औं स्थापना दिवस (माघ २५ गते) !!

समाचार प्रकाशित मिति: २०८० पुष २७  

आज मितिः २०७९ माघ २५ गते, बुधबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २२ औ स्थापना दिवस प्रतिष्ठान कार्यालय परिसर बल्खु सानेपामा भब्य रुपमा सम्पन्न भएको छ। प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तिमगरको अध्यक्षतामा र सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदि ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर, थारु आयोगका अध्यक्ष विष्णु कुमार चौधरी र नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले शुभकामना मन्तब्य राख्नुभएको थियो।

कार्यक्रममा प्रतिष्ठानबाट प्रकाशित १९ वटा पुस्तकहरुको माननीय मन्त्रि ज्यूबाट विमोचन गरिएको थियो। त्यसैगरी यस आर्थिक वर्षमा प्रतिष्ठानमा लामो समय देखि सेवारत कर्मचारीहरु निर्वृत्तिभरण हुनेमा प्रतिष्ठानका शाखा अधिकृत जगतमान गुरुङ्ग र सहायक पाचौ कमला राईलाई सम्मान गरिएको छ । यस वार्षिकोत्सवको अवसरमा खेलिएको ब्याडमिन्टन प्रतियोगितामा बिजयी भएका कर्मचारीहरुलाई पुरस्कार र ट्रफि पनि बितरण गरिएको छ।