प्रतिष्ठानको अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७८ कार्यक्रम !

प्रतिष्ठानको अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७८ कार्यक्रम !

मिति २०७८ फाल्गुन ०९ गते, सोमबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७८ को अवसरमा “मातृभाषा राष्ट्रिय पुरस्कार प्रदान एवं मातृभाषा कविता वाचन” कार्यक्रम प्रतिष्ठानको सह-अध्यक्ष तथा संघिय मामिला एवम् सामान्य प्रशासन मन्त्री माननीय राजेन्द्र श्रेष्ठज्यु को आतिथ्यमा ललितपुर, जावलाखेल स्थित स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा दीप प्रज्वलन गरी समुदघाटन गर्नु भएको थियो । कार्यक्रम बारे प्रकाश पार्दै प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशी ज्यूबाट  विश्वभर यस दिन २१ फेब्रुरीलाई मातृभाषा दिवसको रूपमा मनाईदै आईरहेकोमा आदिवासी जनजातिहरुको मातृभाषा लोप हुन नदिन यसको उचित ढंगबाट संरक्षण, सम्बर्द्धन र विकास गर्दै जान पर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्षता गर्नु हुने प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति ज्यूबाट स्वागत मन्तब्य दिनु भएको थियो ।

       

 

प्रतिष्ठानबाट वर्षेनी प्रदान गरिने राष्ट्रिय मातृभाषा सेवा पुरस्कारका लागि आदिवासी जनजाति मातृभाषाको क्षेत्रमा भाषा, साहित्य, कला (गीत, संगीत, चलचित्र), संस्कृतिमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टा÷सर्जकहरुलाई प्रतिष्ठानले यस वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार तथा लोकवाङ्मयविद् श्री तिल बिक्रम नेम्बाङ (वैरागी काइँला) ज्यूलाई प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्र श्रेष्ठ ज्यूबाट नगद राशी रू. १ लाख सहित ताम्रापत्र र दोसल्ला ओढाएर बिभुषित गर्नु भएको थियो ।

 

यस प्रतिष्ठानको मातृभाषा राष्ट्रिय पुरस्कार छनौट समितिमा डा.अमृत योञ्जन र प्रा.डा.चुन्दा बज्राचार्य रहनु भएको थियो । पुरस्कार वितरण लगतै सम्मानिय मन्त्री राजेन्द्र श्रेष्ठज्युबाट आफ्नो मन्तब्य राख्नु भयो । नेपालमा विभिन्न भाषाभाषीहरु रहेका र यसले आफ्नो मौलिकता, साँस्कृतिक, रितिरीवाज र पहिचान झल्काउने हुँदा यसको संरक्षण र सम्बर्द्धन राज्यको तीनै अंगहरु संघिय, प्रादेशिक र स्थानीय तहमा गर्नु पर्ने वहाँले बताउनु भयो । कार्यक्रममा प्रतिष्ठानद्वारा सम्मानित श्री तिल बिक्रम नेम्बाङ (वैरागी काइँला) ज्यूले पनि आफूलाई यस प्रकार सम्मानित हुन पाउँदा निकै हर्षित र धन्यवाद दिनु भएको थियो । साथै प्रतिष्ठानले यस क्षेत्रमा समर्पित भई योगदान दिई रहेका नयाँ पुस्ताहरुलाई बढी प्रोत्साहन दिनु पर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न १३ वटा मातृभाषाहरुका सर्जक/स्रष्टाहरुबाट आ-आफ्नो मातृभाषामा कविता वाचन गर्नु भएको थियो । अन्त्यमा यस कार्यक्रमका सञ्चालक प्रतिष्ठानका योजना प्रमुख श्री दिवस राईले यस कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलताका साथ सम्पन्न भएको जनाउँदै सम्पूर्ण उपस्थित महानुभाव, अतिथी, पत्रकार र कर्मचारीहरुलाई धन्यवाद दिदैं कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।