पूर्व तयारी कक्षाको लागि प्रशिक्षण दिने संस्था तय भएको बारे सूचना !!

यस आ.व. २०७८/०७९ मा आ.ज.उ.रा.प्रतिष्ठानद्वारा सञ्चालित आदिवासी जनजातिका लागि लोकसेवा पूर्व तयारी कक्षा (शाखा अधिकृत र नायव सुब्बा) सञ्चालनका लागि मिति: २०७८/०८/०३ गते सार्वजनिक सुचना मार्फत इच्छुक संस्था, फर्म वा कम्पनीहरुबाट आशय-पत्र आह्वान गरे अनुरुप प्रतिष्ठानमा रितपूर्वक प्राप्त हुन आएका आवेदनहरुको मूल्याङ्कन समितिको मति: २०७८/०९/११ गतेको निर्णयानुसार श्री नर्सिङ्ग प्लस् प्रा.लि., रामशाहपथ, काठमाडौ लाई उक्त प्रशिक्षण कक्षा सञ्चालन गर्न छनौट गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

उक्त लोकसेवा तयारी कक्षामा प्रशिक्षण लिनका लागि प्रतिष्ठानद्वारा वितरण गरिएको प्रवेश पत्र (ADMIT CARD) र २ प्रति पासपोर्ट साइजको फोटो साथमा लिई उक्त संस्था/इन्स्टिच्युट श्री नर्सिङ्ग प्लस् प्रा.लि., नेम भवन, रामशाहपथ, काठमाडौमा यथाशिघ्र सम्पर्क गर्न हुन यसै सूचना मार्फत अनुरोध गर्दछु ।