नेपालका लोपोन्मुख आदिवासी जनजाति घुमन्ते राउटे कार्यक्रम ।

नेपालका लोपोन्मुख आदिवासी जनजाति घुमन्ते राउटे कार्यक्रम ।

मिति: २०७८ भदौ २० गते, आइबार

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा सुर्खेतको बोटेचौरमा बसिरहेका लोपोन्मुख आदिवासी जनजाति फिरन्ते राउटे समुदायलाई भेट गरी खाध्यान्न चामल तथा लगाउने लत्ताकपडा र कम्बल बितरण गरिएको छ। राहत सहयोग बितरण कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तिमगर, सदस्य सचिब श्री कमल प्रसाद राजवंशी , निवर्तमान कार्यकारिणी सदस्य श्री ज्ञानेन्द्र पुन, निमित्त योजना प्रमुख श्री दिवस राई, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री जगत बराम लगायत स्थानिय जनप्रतिनिधि, पत्रकारहरु तथा प्रहरी प्रशासनको समेत सहभागिता रहेको थियो । यस राहत सामाग्री ब्यवस्थापन तथा वितरण कार्यका लागि श्री डम्बर गरन्जा मगरले उल्लेखनीय भूमिका प्रदान गर्नु भएको थियो ।

(फोटो तथा समाचार: दिवस राई / ज्ञानेन्द्र पुन)

फोटो हेर्नका लागि यहाँ क्लिक गर्नु होस ।