स्थानीय तहमा भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सम्बन्धी कार्यक्रम

नेपालको संविधानले प्रत्याभूत गरेको मातृभाषामा शिक्षा सम्बन्धी प्रावधानहरूको कार्यान्वयन र भाषाहरूको संरक्षण, सम्वर्ध्दन र विकासका लागि स्थानीय तहमा सर्वपक्षीय समझदारी भएको छ ।  

२०७७ असार ३ गते कोभिड-१९ कोरोनाभाईरस माहामारीको प्रतिकूल परिस्थितिमा पनि यस भर्चुअल बैठक भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा सञ्चालन भएको थियो । उक्त बैठकमा भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान (मातृभाषा विभाग), आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नगरपालिका, गाउँपालिका, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शिक्षक महासंघ लगायत विभिन्न सरोकारवाला संघसंस्थाका पदाधिकारी तथा बुध्दिजीवीहरुको उपस्थिति थियो ।

असार ३ गतेका दिन कोरोना माहामारीबाट सिर्जना भएको प्रतिकूल परिस्थितिमा पनि ऐक्यबद्धता प्रकट गर्दै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकबाट पारित निर्णय हेर्नको लागी तल लिङ्कमा क्लिक गर्नुहोस ।