मातृभाषा सेवा पुरस्कारका लागि सर्जक/स्रष्टाहरुको नाम मनोनयन र मातृभाषी कविता संकलन सम्वन्धी सूचना !!

 

नेपाल सरकार

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

सानेपा, ललितपुर

मातृभाषा सेवा पुरस्कारका लागि सर्जक/स्रष्टाहरुको नाम मनोनयन र मातृभाषी कविता संकलन सम्वन्धी सूचना

आदिवासी जनजातीय मातृभाषाको क्षेत्रमा भाषा, साहित्य, कला (गीत, संगीत, चलचित्र), संस्कृतिमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टा/सर्जकहरुलाई यस प्रतिष्ठानले मातृभाषा सेवा पुरस्कारबाट विभुषित गरिने  हुँदा सम्वन्धित आफै वा अन्य कुनै व्यक्ति वा संस्थाबाट यस प्रतिष्ठानको कार्यालयमा मनोनयन दर्ता गर्न र गराईदिन हुन अनुरोध छ । यसका साथै मातृभाषी कविताहरु प्रकाशनार्थ कविहरुबाट कविता पठाईदिन हुन सूचना प्रकाशित गरिएको छ । मातृभाषा सेवा पुरस्कार मनोनयन र कविताहरु २०७५ माघ २७ गतेभित्र दर्ता र पेश गर्नु पर्नेछ ।

 

पेश गर्नुपर्ने कागजपत्र (सिर्जना वा योगदान)  बारे जानकारी तथा फारामको लागी तल लिङ्कमा क्लिक गर्नु होला । सम्पर्क मो.नं. ९८५१०२५८०५, ९८४१२१८७६९

http://www.nfdin.gov.np/uploads/ck/5c56843206119.docx