आजउरा प्रतिष्ठानको संचालक परिषदको १७ औ बैठक सम्पन्न (२०७५ असार १२ र १३ गते):

आजउरा प्रतिष्ठानको संचालक परिषदको १७ औ बैठक सम्पन्न (२०७५ असार १२ र १३ गते):

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान"को संचालक परिषद्को १७औ बैठकको उदघाटन सत्र कार्यक्रम नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको बृहस्पति कनजरभेटरी हल, जावलाखेल, ललितपुरमा यही २०७५ असार १२ गते मंगलबार सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन सत्र प्रतिष्ठानका सह-अध्यक्ष तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री लालबाबु पण्डित ज्युको अध्यक्षतामा प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्रबहादुर गुरुङले स्वागत मन्तब्यबाट कार्यक्रम शुरु गर्नु भएको थियो । कार्यक्रममा सहभागी विभिन्न आदिवासी जनजातिका विशिष्ट ब्यक्तिहरु तथा अतिथिहरुबाट प्रतिष्ठानको यस १७ औ परिषदको बैठकको अवसरमा शुभकामना मन्तब्य तथा सफलताको कामना गर्नु भएको थियो । यस कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा प्रबक्ता नवीन रोकामगर, जातिय सस्थाको तर्फ देखि रेशम गुरुङ, नेकपाको प्रतिनिधि शरण राई, काङ्ग्रेस प्रतिनिधि इन्द्रबहादुर गुरुङ, समाजवादी फोरमको प्रतिनिधि चन्द्रबिक्रम राई, राप्रपा को प्रतिनिधि रीता माझी, महिला महासङ्घको अध्यक्ष चिनिमाया माझीले देश हालको संघिय ढाँचामा प्रवेश गरि रहँदा देशभरका सम्पूर्ण सूचिकृत ५९ आदिवासी जनजातिहरुको एक मात्र सरकारी कार्यालय यस प्रतिष्ठान खारेज हुन नहुने तथा यसले आदिवासी जनजातिहरुको हक, अधिकार, अस्तित्व, पहिचान जगेर्ना र विकासका कार्यहरुका लागी सक्रिय भूमिका खेल्दै आईरहेको बताउनु भयो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान कठोर संघर्ष र विभिन्न ब्यक्ति संघसंस्थाहरुको बलिदान पछी नेपाल सरकार प्रतिष्ठान ऐन-२०५८ बाट गठन भएको हुँदा यसको कार्य प्रकृति अब बन्न लागेको जनजाति आयोगको भन्दा भिन्न रहने हुँदा यस कार्यालयलाई खारेज गर्न नहुने पनि बताउनु भयो । यसै सन्दर्भमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ज्युले प्रतिष्ठान को अस्तित्व र औचित्य आवश्यक रहेको बर्तमान सन्दर्भमा आफ्नो मन्त्रालय ले जनजातिको पक्षमा काम गर्नु पर्ने बताउनु भएको थियो । यस कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य सचिव श्री गोबिन्दलाल माझी ज्युले गर्नुभएको थियो ।

दोस्रो दिन २०७५ असार १३ गते बुधबार प्रतिष्ठानको १७ औ परिषद बैठक सुचिकृत ५९ आदिवासी जनजातिय संस्थाका प्रतिनिधिहरु सञ्चालक परिषद सदस्य रहने ब्यवस्था भए बमोजिम उनीहरुको उपस्थितिमा सञ्चालन हुने बन्द शत्रमा प्रतिष्ठानको विगत, बर्तमान र भावी कार्यक्रमहरुको तर्जुमा, प्रस्तुती, छलफल, समिक्षा तथा परिमार्जन गर्ने कार्य भएको थियो । बैठकमा प्रतिष्ठानका कार्यक्रमहरुको प्रगति प्रतिवेदन तथा कार्यान्वयन पक्षहरुको बारेमा सल्लाह, सुझाव, जिज्ञासा तथा प्रतिक्रया पुष्ट्याईका लागी प्रतिष्ठानका कार्यकारिणी सदस्यहरु बैठकमा उपस्थित थिए । अन्त्यमा यस प्रतिष्ठानको १७ औ परिषद बैठक आयोजना तथा सञ्चालन गर्न सहयोग गर्न हुने सम्पूर्ण अतिथिगण, विशिष्ट ब्यक्ति, पदाधिकारी, जातिय संघसंस्था, पत्रकार, मिडियाकर्मी तथा कर्मचारीहरुलाई धन्यबाद दिदैं प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ ज्युबाट दुई दिने बैठक सफलताका साथ समापन भएको घोषणा गर्नु भयो ।