आदिवासी जनजाति प्रमाण पत्र

आदिवासी जनजाति प्रमाण पत्र / कार्डका लागि निवेदन दिनका लागि तल "Apply" बटनमा क्लिक गर्नु होस् ।

  • Application Fees : UPLOAD
  • आवेदन शुल्क :
  • (Rs. 200/- Receipt from NFDIN Office Cash Counter OR
  • Bank Deposit Voucher of Rastriya Banijya Bank, Pulchowk
  • A/c No. 1140100001407001)
  • (रू . २०० शुल्क तिरेको प्रतिष्ठानको नगद काउण्टरको रसिद वा राष्ट्रिय वाणिज्य बैक , पूल्चोक शाखा
  • चल्ती खाता नं . ११४०१००००१४०७००१ मा बैक दाखिला रसिद अपलोड गर्ने ।)

आदिवासी जनजाति प्रमाण पत्र/ कार्डका लागि निवेदनको अवस्था हेर्नका लागि तल "Check Status" बटनमा क्लिक गर्नु होस् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८

परिच्छेद-१

दफा २ - विषय वा प्रसङ्ले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) "आदिवासी/जनजाति" भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिरन, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ ।

नेपालका सूचीकृत ५९ आदिवासी जनजातिहरु

अनुसूची

दफा २ को खण्ड (क) सँग सम्बन्धित

१. किसान                 २. कुमाल               ३. कुशवाडिया                ४. कुशुण्डा                 ५. गनगाई

६. गुरुङ                   ७. चेपाङ              ८. छन्त्याल                      ९. छैरोतन                  १०. जिरेल

११. झाँगड/उराव         १२. डोल्पो             १३. ताङ्वे                       १४. ताजपुरिया              १५. तामाङ

१६. तिनगाउँले            १७. तोप्केगोला       १८. थकाली                     १९.थामी                      २०. थारु

२१. थुदाम                   २२. दनुवार           २३. दराई                       २४. दुरा                        २५. धानुक (राजवंशी)

२६. धिमाल                 २७. नेवार               २८. पहरी                      २९. फ्री                         ३०. बनकरिया

३१. बरामो                   ३२. बाह्रगाउँले        ३३. बोटे                         ३४. भुजेल                      ३५. भोटे

३६. मगर                     ३७. माझी              ३८. मार्फाली थकाली        ३९. मुगाली                     ४०. मेचे (वोडो)

४१. याक्खा                   ४२. राई                ४३. राउटे                       ४४. राजवंशी (कोच)         ४५. राजी

४६. लार्के                     ४७. लिम्बु             ४८. लेप्चा                       ४९. ल्होपा                       ५०. ल्होमी (शिङसावा)

५१. वालुङ                   ५२. व्यासी             ५३. शेर्पा                       ५४. सत्तार (सन्थाल)            ५५. सियार

५६. सुनुवार                  ५७. सुरेल              ५८. हायु                       ५९. ह्योल्मो

 

नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रदान गर्दै आईरहेको आदिवासी जनजाति प्रमाण-पत्र का लागि आवश्यक कागजातहरु संलग्न गरि निवेदन फाराम यही २०८० साउन ०१ गते देखि अनलाइन मार्फत यस प्रतिष्ठानको वेभसाइटमा गई भर्न सकिनेछ । अनलाइन मार्फत यस कार्यालयमा प्राप्त निवेदन तथा आवश्यक कागजातहरु चेकजाँच तथा रुजु गर्ने प्रक्रियाबाट निवेदकले आफ्नो आदिवासी जनजाति प्रमाण-पत्रको अवस्था थाहा पाउन सकिनेछ ।

निवेदन रुजु भएको खण्डमा आदिवासी जनजाति प्रमाण-पत्र निजले आफुले दिईएको ई-मेलबाट प्राप्त गर्न सकिनेछ ।

अपुरो तथा आवश्यक कागजात संलग्न नगरि रुजु हुन नसकेका आवेदनहरु निजले रुजु हुन नसकेको कारण यसै वेभपेज्‌बाट थाहा पाउन सक्नेछ र सोही अनुसार नपुग कागजात समावेश गरि पुन: निवेदन गर्न सकिनेछ ।

ई-मेल मार्फत आफ्नो आदिवासी जनजाति प्रमाण पत्र प्राप्त गरेकाहरुले सक्कल प्रति लिनका लागि स्वयंम् यस प्रतिष्ठानको कार्यालय सानेपा, ललितपुरमा कार्यालय समयमा परिचय खुल्ने प्रमाणका साथ उपस्थित हुनु पर्नेछ ।  

आदिवासी जनजाति प्रमाण पत्रका लागि सिफारिस पत्र सम्बन्धित आदिवासी जनजातिय संस्था वा स्थानीय निकायबाट फोटो सहित जाति खुलेको कागजात पेश गर्नु पर्नेछ ।

यस अनलाइन आदिवासी जनजाति प्रमाण पत्र भर्नका लागि कुनै समस्या भएमा यस कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

टेलिफोन नं. ०१ ५१८३१६५/ ५१८३१७४

ई-मेल: mail@nfdin.gov.np

वेभ्‌साइट: www.nfdin.gov.np