माघ २५ गते प्रतिष्ठानको २१औं स्थापना दिवस कार्यक्रम सम्पन्न !

माघ २५ गते प्रतिष्ठानको २१औं स्थापना दिवस कार्यक्रम सम्पन्न !

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१औं स्थापना दिवस कार्यक्रम २०७८ साल माघ २५ गते, मङ्‍गलबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यालय प्राङ्गान सानेपा, ललितपुरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रिज्यू माननीय प्रेम बहादुर आले ज्युको प्रमुख आतिथ्यतामा नेपाली राष्ट्र गान र दिप प्रज्वलन गरेर उद्‍घाटन गरिएको थियो । उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ तथा विभिन्न आदिवासी जनजाति संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकारहरु तथा प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल बहादुर घर्ति ज्यूले स्वागत मन्तव्य दिनु भएको थियो । यस पछी प्रतिष्ठानको यस वार्षिकोत्सवको अवसरमा सञ्चालित प्रतिष्ठानका कर्मचारी स्तरिय ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई माननीय मन्त्रीज्यू प्रेम बहादुर आलेको बाहुलीबाट पुरस्कार वितरण कार्य गरिएको थियो । त्यसको लगतै प्रतिष्ठानको स्थापनाकाल देखि नै लामो समय प्रतिष्ठानमा सेवा पुर्‌याउँदै आउनु भएको र अगामी वर्ष अवकाश हुनु हुने कर्मचारी श्री शारदा भट्टराईलाई वहाँको सेवा वापत सम्मान पत्र, दोसल्ला र मायाको चिनो प्रतिष्ठानका पदाधिकारी ज्यू र मन्त्री ज्यूको बाहुलीबाट प्रदान गर्नु भयो ।शुभकामना दिने क्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव श्री शुकविर थामीबाट प्रतिष्ठानको २१ औ स्थापना दिवसको अवसरमा शुभकामना दिने कार्य भएको थियो ।अन्त्यमा यस कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रिज्यू श्री प्रेम बहादुर आले ज्युबाट प्रतिष्ठानको बजेट अत्यन्त्यै न्यून रहेको र आफ्नो मन्त्रालयको तर्फबाट प्रतिष्ठानलाई सकिने कुनै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रमको अन्त्यमा यस कार्यक्रमका सञ्चालक प्रतिष्ठानका सदस्य सचिव श्री कमल बहादुर राजवंशी ज्यूले उपाध्यक्षको अनुमति सँगै कार्यक्रममा प्रतिष्ठानको निमन्त्रणालाई स्वीकार्दै उपस्थित सबैलाई धन्यवाद दिदैं कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भयो ।