आ.ज.उ.रा. प्रतिष्ठानको १८औं स्थापना दिवस कार्यक्रम २०७५

आ.ज.उ.रा. प्रतिष्ठानको १८औं स्थापना दिवस कार्यक्रम २०७५

२०७५ साल माघ २५ गते, शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १८औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रिज्यू माननीय थममाया थापामगर ज्युको प्रमुख आतिथ्यतामा जावलाखेल स्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरु नेकपाबाट श्री सुरेश आलेमगर, काङ्ग्रेसबाट श्री भिष्मराज आङ्दाङ्बे, स.स.फोरमबाट श्री चन्द्रबिक्रम राई, राप्रपाबाट श्री लालध्वज लामा, नेफिन उपाध्यक्ष तथा प्रवक्ता नबिन रोकामगर आदि नेताहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रम को अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्रबहादुर गुरुङले, स्वागत मन्तव्य सदस्य-सचिब श्री गोबिन्दलाल माझी र कार्यक्रम सञ्चालन कार्यकारी सदस्य श्री ज्ञानेन्द्र पुनमगरले गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित कार्यक्रमहरुको सङ्गालो नामक पुस्तक बिमोचन पनि गरिएको थियो ।कार्यक्रममा बिभिन्न आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधिहरु, बुध्दिजीवी, पत्रकार आदिको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुबाट प्रतिष्ठानको १८ औ स्थापना दिवसको अवसरमा शुभकामना दिने कार्य भएको थियो । कार्यक्रमको अन्त्यमा यस कार्यक्रममा प्रमूख आतिथ्यता गर्न हुने माननीय मन्त्रिज्यू श्री थम माया थापामगर ज्यूबाट आफ्नो मन्तब्य राख्नू भएको थियो । यसको लगतै प्रतिष्ठानका उपाध्यक्षबाट यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो ।

कार्यक्रम फोटोको लागी कृपया तल लिङ्कमा क्लिक गर्नु होस् ।

https://drive.google.com/open?id=1Rkn9yE2-afEvJOxlihARnwIMDCRJtwEF