आदिवासी जनजाति प्रमाण पत्रको लागि पेश गर्नु पर्ने आवश्यक कागजातहरु !

आदिवासी जनजाति प्रमाण पत्रको लागि निवेदनको लागि आवश्यक कागजातहरु:

  1. नेपाली नागरिकता / नाबालाक भए जन्मदर्ता प्रमाण पत्र (प्रतिलिपि)
  2. आदिवासी जनजाति संस्थाको पत्र  (सक्कल प्रति)
  3. आदिवासी जनजाति प्रमाणितको निवेदन फाराम (प्रतिष्ठानबाट वितरण गरिने फाराम भर्ने) – १ प्रति
  4. फारामको लागि शुल्क रु.२००/- (रू. दुई सय मात्र ।) को रसिद सँगै फाराम प्राप्त गर्न सकिनेछ ।
  5. प्रतिष्ठानमा फाराम भर्नका लागि २ वटा अटो साईज र १ वटा पासपोर्ट साइजको फोटो गरी जम्मा ३ वटा हालसालै खिचेको फोटो आवश्यक पर्दछ ।

(२) नम्बरको कागजातको लागी:

प्रतिष्ठानको कार्यालयमा आउनु अघि आदिवासी जनजाति प्रमाण पत्रको लागि आवश्यक जातीय संस्थाको पत्र लिनका लागि आफ्नो जातीय संस्थामा सम्पर्क गर्नु होस् ।

 

जातीय संस्थाको ठेगाना र सम्पर्क नम्बरको लागि तल लिङ्कमा क्लिक गर्नु होस् ।

आदिवासी जातीय संस्थाहरु

जातीय संस्थामा जानु अघि कुन कुन कागजात, कति वटा फोटो र शुल्क कति लाग्छ ? बुझ्नु होस् ।

फाराम भर्ने तरिकाको नमूना हेर्नको लागी तल लिङ्कमा क्लिक गर्नु होस् ।

फाराम भर्ने तरिका (नमूना)

आदिवासी जनजाति प्रमाण पत्र कार्ड (नमूना)