प्रतिष्ठानद्वारा आयोजित २७औं विश्व आदिवासी दिवस २०२१ कार्यक्रम !

प्रतिष्ठानद्वारा आयोजित २७औं विश्व आदिवासी दिवस २०२१ कार्यक्रम !

२७औं विश्व आदिवासी दिवस २०२१ को सन्दर्भमा अन्तरक्रियात्मक कार्यक्रम

- श्री हितकाजी गुरुङ्ग (शाखा अधिकृत, आ.ज.उ.रा.प्रतिष्ठान)

२७औं विश्व आदिवासी दिवस-२०२१ (August 09) को सन्दर्भमा यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रम मिति: २०७८ साउन २५ गते, सोमबार ललितपुरको तिखेदेवलमा सञ्चालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तीमगर ज्यूले गर्नु भएको थियो । कार्यक्रममा अतिथीज्यूहरुको आशन ग्रहण पछी प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशी ज्यूबाट स्वागत मन्तब्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति सम्बन्धी समसामयिक विषयवस्तुहरु बारे दुइ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । पहिलो कार्यपत्र प्रस्तोता प्रा.डा. कृष्ण हाछेथुद्वारा "नेपालमा संघीयता, धर्मनिरपेक्षताको कार्यान्वयनको अवस्था र भविष्य" सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी दोस्रो कार्यपत्र "नेपालमा समावेशीकरणको आधार: वर्ग, आवश्यकता वा अप्रतिनिधित्व" श्री राजेन्द्र महर्जनद्वारा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका अतिथिहरुमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङ्ग, आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगर, श्री हेमराज राई, माननीय श्री विजय सुब्बा, श्री आई.बि. गुरुङ्ग, आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय श्री राम बहादुर थापामगर, थारु आयोगका अध्यक्ष्य माननीय श्री विष्णु प्रसाद चौधरी, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक श्री आनन्द सन्तोषी राई, विभिन्न जातिय संस्थाका पदाधिकारीहरु तथा पत्रकारहरुको सहभागी रहेको थियो । कार्यक्रमका अतिथि ज्युहरुबाट प्रतिष्ठानद्वारा आयोजित यस २७औं विश्व आदिवासी दिवस कार्यक्रम सञ्चालन गरिएकोमा आ-आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुबाट कार्यपत्र माथि महत्वपूर्ण प्रतिक्रिया, छलफल, सुझाव र जिज्ञासाहरु राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोनाभाईरसको कारण यस २७औं विश्व आदिवासी दिवस -२०२१ अन्तर्राष्ट्रिय स्तरमा आ-आफ्नै ढंगबाट मनाईरहेको र नेपालमा पनि विश्व आदिवासी दिवस मनाउने क्रममा प्रतिष्ठानद्वारा यस प्रकार कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि कार्यक्रममा उपस्थित भई आफ्नो शुभकामना मन्तब्य, कार्यपत्र प्रस्तुती तथा कार्यक्रममा सक्रिय सहभागी भई कार्यक्रम सफल र उपलब्धीमूलक बनाउन सहयोग गर्न हुने सबैमा प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तीमगर ज्यूले धन्यवाद दिनु भयो । यसको साथ साथै आगामी दिनहरुमा पनि सहज परिस्थिति भए विगतमा झैं यस विश्व आदिवासी दिवस भब्यताका साथ मनाउने प्रतिबद्धता गर्दै वहाँले कार्यक्रम समापन गर्नु भएको थियो । यस कार्यक्रम सञ्चालन प्रतिष्ठानका शाखा अधिकृत श्री राम कुमार मादेनले गर्नु भएको थियो भने कार्यक्रम रापोर्टिङ कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार श्री गणेश राईले गर्नु भएको थियो ।