प्रतिष्ठानको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रम

प्रतिष्ठानको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रम

मिति: २०७८ साउन ०४ गते, सोमबार

शा.अ. हितकाजी गुरुङ्ग

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित आदिवासी जनजातिहरुको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रम अन्तरगत मिति: २०७८ असार ३० गते, बुधबार गण्डकी प्रदेश, पोखरामा आदिवासी जनजाति मगर समुदायको अमूर्त संस्कृति कौराहा नाचको अभिलेखिकरण  सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । यस कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तिमगरले प्रतिष्ठानले यस कार्यक्रम अन्तरगत विगतमा बिभिन्न सूचीकृत आदिवासी जनजातिहरुको लोपोन्मुख अवस्थाका अमूर्त सांस्कृतिक सम्पदाहरुको अभिलेखिकरण तथा वृत्तचित्र निर्माण कार्य गरी आदिवासी जनजातिहरुको संस्कृति संरक्षण तथा प्रबर्द्धनका लागि प्रोत्साहन गर्दै आईरहेको बताउनु भयो ।

यस कार्यक्रममा राष्ट्रिय मौलिक कौराहा नाच संरक्षण समिति नेपालका अध्यक्ष श्री हर्क आलेमगरले कौराहा नाच सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । समितिका सचिव श्री नन्दु थापामगरले मगर जातिको पहिचान बोकेको कौराहा नाच मगरको मात्र नभई राष्ट्रको नै अमूल्य संस्कृति भएकोले यसको अभिलेखिकरण र महत्व बारे भावी पुस्ताहरु माझ जानकार गराउँदै यसको संरक्षण र सम्बर्द्धनका उपायहरु खोज्नु पर्ने बताउनु भयो । यस कार्यक्रमको प्रतिष्ठानको तर्फबाट श्री बिमला गुरुङ्गले संयोजन गर्नु भएको थियो ।