२६औं आदिवासी दिवस-२०७७

२६औं आदिवासी दिवस-२०७७

२६औं आदिवासी दिवस-२०७७ (August 09) को सन्दर्भमा यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित “ नेपालका आदिवासी जनजातिहरुको अधिकार बारे विचार” अन्तरक्रिया कार्यक्रम मिति: २०७७ श्रावण २५ गते, आइतबार ललितपुरको महालक्ष्मीस्थानमा सञ्चालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल घर्ती ज्यूले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका सहअध्यक्ष, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री ह्रयदेश त्रिपाठी ज्यू रहनु भएको थियो ।

कार्यक्रममा आदिवासी जनजातिहरुको अधिकार बारे दुइ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । पहिलो कार्यपत्र प्रस्तोता प्रा.डा. कृष्ण हाछेथुद्वारा "परिवर्तित राजनितिक सन्दर्भ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम तथा कार्यभारहरु" सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रका टिप्पनीकर्ताहरुमा डा.माननीय विजय सुब्बा र प्रतिष्ठानका पूर्व उपाध्यक्ष श्री जीतपाल किरात रहनु भएको थियो । दोस्रो कार्यपत्र "आदिवासी जनजातिहरु माथिको उत्पिडन र नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक संरचना" डा. सञ्जिब हुमागाईले प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि टिकाटिप्पनी पूर्व मन्त्री माननीय शेर बहादुर तामाङ र माननीय बहादुर सिंह लामाबाट गर्नु भएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले, पूर्व रक्षामन्त्री माननीय भिमसेनदास प्रधान, माननीय यज्ञराज सुनुवार, माननीय लिला सिटौला र माननीय रामचन्द्र राई दनुवार लगायत विभिन्न जातिय संस्थाका पदाधिकारीहरुले महत्वपूर्ण प्रतिक्रिया, सुझाव र जिज्ञासाहरु राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोनाभाईरसको कारण यस २६औं विश्व आदिवासी दिवस -२०२० अन्तर्राष्ट्रिय स्तरमा आ-आफ्नै ढंगले मनाई रहेको र नेपालमा पनि विश्व आदिवासी दिवस पहिले जस्तै भब्यताका साथ मनाउन नसकेता पनि थोरै संख्याको सहभागितामा गरिएको यस कार्यक्रम निकै उपलब्धीमूलक र महत्वपूर्ण भएको प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल घर्ती ज्यूले बताउनु भयो । यस कार्यक्रम सञ्चालन प्रतिष्ठानका निमित्त योजना अधिकृत श्री दिवस राईले गर्नु भएको थियो भने कार्यक्रम रापोर्टिङका लागी प्रतिष्ठानका पूर्व कार्यकारिणी सदस्य श्री ज्ञानेन्द्र पुन रहनु भएको थियो ।