आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको नवनियुक्त उपाध्यक्षलाई बधाई तथा स्वागत कार्यक्रम

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको नवनियुक्त उपाध्यक्षलाई बधाई तथा स्वागत कार्यक्रम

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको नवनियुक्त उपाध्यक्षलाई बधाई तथा स्वागत कार्यक्रम

 

आदिवासी जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठानको नवनियुक्त उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ती ज्यूले यही मिति: २०७७ अषाढ १२ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय हृदयेश त्रीपाठी ज्युबाट चार बर्षे कार्यकालका लागि उपाध्यक्ष मनोनयनको पत्र ग्रहण गर्नु भएको छ । उपाध्यक्ष मनोनयनका लागि सिफारिस भएका ३ जना मध्येबाट उहालाई मिति: २०७७ अषाढ ११ गते प्रतिष्ठानको अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले प्रतिष्ठान ऐन -२०५८ बमोजिम मनोनयन गर्नुभएको थियो । माननीय मन्त्री ज्युको कार्यकक्षमा मन्त्रालयले राखेको यस कार्यक्रममा राष्ट्रिय सभाको मुख्य सचेतक माननीय खिमलाल भट्टराई, माननीय बृजेष कुमार गुप्ता, मन्त्रालय सचिव सुर्यप्रसाद गौतम, पुर्व माननीय पेम्बा भोटे गुरुङ, सहसचिवहरु, उपसचिवहरु सहितका राष्ट्रसेवक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

आ.ज.उ.रा.प्रतिष्ठानको नवनियुक्त उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तीमगर ज्युलाई प्रतिष्ठानको कार्यालय सानेपा, ललितपुरमा मिति: २०७७ अषाढ १४ गते फुलमाला र खादा अर्पण गरि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरिएको थियो । यस स्वागत कार्यक्रममा आदिवासी जनजातिका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारी तथा प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष ज्युले प्रतिष्ठानका कर्मचारीहरुलाई आफ्नो काम, कर्तब्य र जिम्मेवार समग्र आदिवासी जनजातिहरुको उत्थान र हितको लागी सधै तप्तर रहनु पर्ने र सो प्रति जवाफदेही पनि हुनु पर्ने भनी निर्देशन दिनु भएको थियो । वहाँले उपस्थित सबैलाई यस कार्यक्रम आयोजना गर्नु भएकोमा धन्यवाद दिनु भयो । वहाँले आगामी दिनहरुमा सबै सित सहकार्य गर्दै आदिवासी जनजातिहरुको एकै प्रकारका लक्ष्य प्राप्तिका लागी अघि बढ्ने धारणा ब्यक्त गर्नु भयो ।