प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीबाट कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा ।

२०७७ वैशाख १२ गते

कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट मिति २०७६/१२/११ गते नेपाल सरकार मुख्य सचिवस्तरबाट भएको निर्णयानुसार यस प्रतिष्ठानका पदाधिकारीहरु तथा कार्यरत सम्पूर्ण कर्मचारीहरुबाट "Covid-19 कोरोना भाइरस नियन्त्रण, औषधी उपचार तथा राहतको लागी प्रधानमन्त्री राहत कोषमा जम्मा रू. १,३९,१८४/- (अक्षरेपी एक लाख उन्ननचालिस हजार एक सय चौरासी मात्र।) सहयोग वापत जम्मा गरिएको छ ।