प्रतिष्ठानको सञ्चालक परिषदको २०औं बैठक ।

प्रतिष्ठानको सञ्चालक परिषदको २०औं बैठक ।

मिति: २०७७/०१/२३ गते मंगलबार

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको २०औं बैठक मिति: २०७७ बैशाख २३ गते, मंगलबार प्रतिष्ठानको अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्रि के.पि. शर्मा ओली ज्यूबाट प्रधानमन्त्री निवास, बालुवाटार, काठमाडौमा समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा परिषदका सह अध्यक्ष तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठी ज्यू, विभिन्न मन्त्रालयका सचिवज्यूहरु, योजना आयोगका उपाध्यक्ष लगायत परिषद सदस्यहरुको उपस्थितिमा विश्वभरी फैलिएको यस कोभिड-१९ कोरोनाभाईरस लकडाउनको अवस्थामा सामाजिक दुरी कायम गर्दै सम्पन्न गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ ज्यूले गर्नु भएको थियो । यस परिषद बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री ज्यूले नेपाल सरकारको स्वामित्वको आदिवासी जनजातिहरुको साझा संस्था यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई आगामी दिनहरुमा अझ सवल, सक्रिय र विकास गर्दै निरन्तरता दिने प्रतिबध्दता जनाउनु भएको थियो ।

परिषद बैठकको दोस्रो बन्द शत्रको अध्यक्षता गर्नु हुने प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ्ग ज्यूले आफ्नो ४ वर्षे पदावधि कार्यकाल समाप्त हुन गई रहेको र रिक्त हुने पदमा नयाँ नेतृत्व चयन गर्न पर्ने हुँदा कोभिड १९ संक्रमणका कारण देश र विश्वभरी असहज अवस्था सृजना भएता पनि यस परिषद बैठक सञ्चालन गर्न आवश्यक भएको बताउनु भयो । यसका लागी विभिन्न आदिवासी जनजातिय संस्थाका प्रतिनिधित्व गर्न हुने परिषद सदस्य ज्यूहरु पनि विभिन्न स्थानबाट यस संञ्चालक परिषद बैठकमा सहभागी हुन काठमाडौ आई पुग्नु भएको थियो । यस बैठकमा प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रम अनुमोदन तथा आव २०७७/७८ को कार्यक्रमको योजना तर्जुमा यस बैठकबाट पारित गरिएको थियो । यसै बैठकव्दारा प्रतिष्ठानका पदाधिकारीहरुको ४ वर्ष कार्यकाल समाप्त हुने हुँदा उक्त रिक्त हुन गई रहेको पदपुर्तिका लागी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा ब्यवस्था भए बमोजिम परिषदबाट उपाध्यक्ष सिफारिस समिति सदस्यमा विद्यमान कार्यकारी सदस्य श्री ज्ञानेन्द्र पुन (१ जना) तथा कार्यकरिणी सिफारिस समिति सदस्यमा श्री मुकुन्द बहादुर पहरी, श्री जीवन कुमार राई र श्री दीपक कुमार याख्खा (३ जना) रहने गरी निर्वाचन मार्फत सर्वसम्मत निर्वाचित हुनु भएको थियो । यस प्रतिष्ठानको सञ्चालक परिषदको २०औं बैठक कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्य सचिव श्री गोविन्दलाल माझीले गर्नु भएको थियो ।