आ.ज.उ.रा.प्रतिष्ठानको प्रदेश स्तरीय मातृभाषा कार्यक्रम सम्पन्न !

प्रदेशमा मातृभाषाको अवस्था र कार्यन्वयनको स्थिति कार्यक्रमको परिचय:
२) पाँच नम्बर प्रदेश, बुटवलः
यस प्रदेशमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र सामाजिक विकास मन्त्रालय को संयुक्त आयोजनामा मिति: २०७६ माघ १८ गते पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको माननीय मन्त्री सुर्दशन बरालमगर ज्यूको प्रमुख आतिथ्यतामा, आ.ज. उ. रा. प्रतिष्ठानको कार्यकारी सदस्य ज्ञानेन्द्र पुनको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समितिका अध्यक्ष दिपक गुरुङको स्वागत मन्तव्यमा पाँच नम्बर प्रदेश सभाका माननीय सदस्यहरु र लक्षित गाउँ÷नगर पालिकाहरुका प्रमुख र मातृभाषिक अभियानताहरुको सहभागितामा भएको कार्यक्रममा डा.तारामणी राई र भाषाशास्त्री अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्रालय मन्त्री सुर्दशन बरालमगर ले मातृभाषा संस्कृतिको विकासका लागि आफ्नो मन्त्रालय देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको आगामी दिनहरुमा मातृभाषि सघनता भएका स्थानीय तहहरुसंग समन्वय गरेर संविधान बमोजिम मातृभाषामा शिक्षा सञ्चालन गर्ने योजना रहेको बताउनु भयो । प्रदेश सभाका माननीय सदस्यहरु मा.भोजप्रसाद श्रेष्ठ, मा.तुलसी प्रसाद चौधरी, मा. पुष्पा थरुनी, मा.कविराम थारुहरुले मातृभाषा विकासका लागि प्रदेश सरकारले छुट्टै कानुन बनाउनु पर्ने बताउनुभयो ।
त्यसै गरि कार्यक्रममा थवाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्तिमगर, माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगर, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुमगर, सरावल गाउपालिका अध्यक्ष, कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावल, शिवपुरी नगरपालिका प्रमुख नेत्रराज अधिकारी, रैनादेबी गाउँपालिकाका उपाध्यक्ष चेतना थापामगर, रोल्पा जिल्ला समन्वय समिति सदस्य धनबहादुर पुनमगर, सुनछहरी गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीमगर, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, सरवाल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी सहितका स्थानीय सरकारका जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको थियो भने यस कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत ध्रुवराज पन्थी, भिम गुरुङ, दलबहादुर बिरकट्टामगर, उमा बरालमगर सहितको सहभागीहरुले प्रस्तुत कार्यपत्र माथी आ–आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम मा स्थानीय मातृभाषा अभियानताहरु सहित ७१ जनाको सहभागिता रहेको थियो ।

१) गण्डकी प्रदेश, पोखरा:
यस प्रदेशमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र सामाजिक विकास मन्त्रालय को संयुक्त आयोजना र नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समितिको समन्वयमा मिति २०७६ माघ २० गते गण्डकी प्रदेशको प्रदेश सभाको सभामुख माननीय नेत्रनाथ अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा, आ.ज.उ.रा. प्रतिष्ठानको कार्यकारी सदस्य ज्ञानेन्द्र पुनको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समितिका अध्यक्ष खेम पुनमगरको स्वागत मन्तव्यमा गण्डकी प्रदेश सभाका माननीय सदस्यहरु र लक्षित गाउँ, नगर पालिकाहरुका प्रमुख र मातृभाषिक अभियानताहरुको सहभागितामा भएको कार्यक्रममा डा.तारामणी राई र भाषाशास्त्री अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सभामुख माननीय नेत्रनाथ अधिकारीले मातृभाषामा शिक्षा पाउनुपर्ने संवैधानिक व्यवस्था भएको हुनाले प्रदेश सरकार र स्थानीय सरकारले यस सम्बन्धी आवश्यक ऐन, नीति, निर्देशिका, निमयावली बनाएर आवश्यक कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । प्रदेश सभाका माननीय सदस्यहरु मा.दिपक कोइराला, मा.दिपक थापामगर, मा. मनबहादुर गुरुङ, मा.चन्द्र बुढामगर, मा.मिन प्रसाद गुरुङ, मा.रामप्रसाद उपाध्यायहरुले मातृभाषा विकासका लागि प्रदेश सरकारले छुट्टै कानुन बनाउनु पर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले मन्त्रालयले मातृभाषाका लागि कार्यक्रमहरु बनाएर अगाडी बढेको, मातृभाषा विकास सम्बन्धी सविधानले दिएको क्षेत्राधिकार, अन्तराष्ट्रिय सन्धीहरु र राष्ट्रिय परिवेश लाई आत्मसात गर्दै मन्त्रालय अगाडी बढेको हुनाले सबैको साथ सहयोगको खाँचो रहेको बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवर, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकामगर, काठेखोला गाउपालिका अध्यक्ष अमर थापामगर, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, दोर्दी गाउँपालिका अध्यक्ष ओम बहादुर गुरुङ, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ, कालिगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापामगर, अर्जुन चौपारी गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङ, सहित स्थानीय जनप्रतिनिधीहरु र स्थानीय स्तरमा मातृभाषा पढाईरहेका केही विद्यालयका प्रधानाध्यापकहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।  भाषाविकासका लागि क्रियाशिल अगुवा तथा आ.ज.उ.रा.प्रतिष्ठानका पूर्वसदस्य सचिव लोकबहादुर थापामगर सहितको सहभागीहरुले प्रस्तुत कार्यपत्र माथी आ–आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा स्थानीय मातृभाषा अभियानताहरु सहित ६६ जनाको सहभागिता रहेको थियो ।