प्रतिष्ठानको लोकसेवा (निशुल्क) तयारी कक्षा सञ्चालन शुभारम्भ !

मिति: २०७६ साल कार्तिक २७ गते बुधबार

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको यस आ.व. २०७६/०७७ को कार्यक्रम आदिवासी जनजातिका निम्ति लोक सेवा तयारी कक्षा (नि:शुल्क) नेपाल सेन्टर फर डेभलपमेन्ट एण्ड पोलिसिज् स्टडिज् प्रा.लि. (CEDEP, Nepal) पुतली सडक, काठमाडौमा १०० जना शाखा अधिकृत र १०० जना नायब सुब्बा गरी जम्मा २०० जनालाई निशुल्क लोकसेवा तयारी कक्षा आज देखि सुभारम्भ गरेको छ ।

यस शाखा अधिकृत र नायब सुब्बा स्तरको तयारी कक्षा शुभारम्भ कार्यक्रम सेडेप संस्थाको हल, नेम विल्डिङ काठमाडौमा बिहान ८:०० बजे सञ्चालन भएको थियो ।

कार्यक्रम प्रतिष्ठानको कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरको अध्यक्षता शाखा अधिकृत जगतमान गुरुङको सञ्चालनमा भएको औपचारिक कार्यक्रममा कक्षा ब्यबस्थापक सस्था सेडेप नेपालको कार्यकारी निर्देशक माधब पाण्डेले ब्यबस्थापन सम्बन्धि, नेपाल सरकारका पुर्व सहसचिव प्रतिक ढकालले पाठ्यक्रम बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको शुरुवातमा प्रतिष्ठानका शाखा अधिकृत जगतमान गुरुङले प्रतिष्ठानको स्थापनाकाल देखि नै आदिवासी जनजातिका लागी चेतनामूलक, क्षमता अभिवृद्धी, आयमूलक तथा सशक्तिकरण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आई रहेकोमा नेपालको संविधानले समावेशीताको आधारमा पिछडिएको वर्गलाई आरक्षणको व्यवस्था भएता पनि निजामति सेवामा प्रवेशका लागी लिईने लोक सेवा आयोग परिक्षामा आदिवासी जनजातिहरुको तयारी अपुग हुने गरेकोले यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने हुँदा प्रतिष्ठानले यस कार्यक्रमलाई बढी महत्व दिएको बताउनु भयो ।

सेडेपका कार्यकारी निर्देशक माधव पाण्डेले प्रतिष्ठानले यस संस्थालाई आदिवासी जनजाति प्रशिक्षार्थीहरुलाई लोकसेवा तयारीका लागी प्रक्रियागत ढंगले छनौट गरी पठनपाठन गराउने अवसर दिनु भएकोमा प्रतिष्ठानलाई धन्यवाद दिनुभयो ।वहाँले प्रतिष्ठानबाट छनौट हुन सफल शाखा अधिकृत र नायब सुब्बा स्तरको कक्षाहरु भोलि देखि बिहान ६:३० देखि ८:३० र बेलुका ४:३० देखि ६:३० (२/२ घण्टा) को हुने बताउनु भयो । बहाँले दैनिक कक्षा सुचारु हुने, नोट तथा ह्याण्ड्स आउट उपलब्ध गराईने, नियमित नमूना परिक्षा सञ्चालन, अभ्यासहरु, परिक्षा तालिका अनुसार तयारी गराईने, विधार्थी अनुशासन, अब्बल क्षमता र प्रतिस्पर्धी भावनाको विकास गर्न पर्ने जस्ता विषयहरु प्रष्ट पार्नु भयो ।वहाँले अन्त्यमा प्रतिष्ठानले दिएको जिम्मेवारी नतिजामुखी बनाउने पनि बताऊनु भयो ।

पूर्व सहसचिव प्रतिक ढकालले समावेशीको सिद्धान्त अनुसार प्रतिष्ठानले निजामति सेवामा सफल होस् भनी छनौट गरी पठाएका प्रशिक्षार्थीहरुले आफूले नतिजाको लागी सक्दो परिश्रम र मेहेनत गर्नु पर्ने बताउनु भयो ।प्रतिष्ठानबाट नि:शुल्क भनिए पनि यो जनताको करबाट उठाईएको रकमबाट प्रशिक्षार्थीहरु पढ्न पाउने अवसर प्रतिष्ठानले सिर्जना गरि दिएको हुँदा यसलाई सही ढंगबाट सदुपयोग गर्न पर्ने बताउनु भयो ।वहाँले कडा मिहेनत गरी राष्ट्रको सेवक बनी देशलाई सेवा गर्ने अवसर भएको हुँदा यसबाट अगाडी बढ्दै जानु पर्दछ भनी प्रेरणा दिनु भयो ।

कार्यक्रममा प्रतिष्ठानको कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरले धेरै आदिवासी जनजातिहरुको पढ्ने चाहना हुँदा हुदै पनि यहाँहरु छनौट भएर आउनु भएको छ । सिमित बजेट भएता पनि यस कार्यक्रम परिणाममुखी हुन सक्छ भनेर प्रतिष्ठानले शुभारम्भ गरिएको हो ।यस लोक सेवा तयारी कक्षा कार्यक्रम ७ वटा प्रदेशमा नै गर्न बजेट अभावका कारणले सम्भव भएन । प्रतिष्ठानले लोप हुन लागेका भाषा, संस्कृति, कला सीप, जातिय चिनारी र वन्यजन्तु आरक्षण सम्बन्धी कार्यक्रमहरु गर्दै आईरहेको छ । प्रशिक्षार्थीहरुले राम्ररी पढेर निजामती सेवामा प्रवेश गरेर देखाउन सकोस् । यो शूभारम्भ जसरी राम्रो सित भएको छ यसको नतिजा पनि त्यसरी नै प्रभावकारी ढंगले राम्रो होस भन्दै सबै सहभागी, ब्यवस्थापन र प्रतिष्ठानका कर्मचारीहरुलाई शुभकामना र धन्यबाद दिदै यस कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भयो ।    


कार्यक्रमको ब्यबस्थापन र सहजीकरण संयुक्त रुपमा सेडेप, नेपाल र प्रतिष्ठानका शाखा अधिकृत हितकाजी गुरुङले गर्नु भएको थियो ।