प्रतिष्ठानको १८औं संचालक परिषद बैठक सम्पन्न ।

प्रतिष्ठानको १८औं संचालक परिषद बैठक सम्पन्न ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान को १८औं संचालक परिषद्को बैठक  यही मिति २०७५ फाल्गुन २३ र २४ गते, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथ्यता एवं अध्यक्षता प्रतिष्ठानका सहअध्यक्ष संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री लालबाबु पण्डित ज्यू रहनु भएको थियो । कार्यक्रममा अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री जगत बराम, नेपाल आदिवासी जनजाति महिला महासंघका श्री मञ्जु धिमाल,  आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष श्री डण्ड गुरुङ, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष श्री अमृत सुनुवार, नेपाल सरकार अर्थ मन्त्रालयका उपसचिव श्री चन्द्र कुमार श्रेष्ठ, नेपाली कांग्रेसका श्री भिष्मराज आङदम्बे, नेपाली कम्युनिष्ट पार्टिका श्री शेर बहादुर तामाङ, संघिय समाजवादी फोरम नेपालका श्री रकम चेम्जोड, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्री रिता माझी, प्रतिष्ठानका कार्यकारिणी सदस्यहरु, श्री ज्ञानेन्द्र पुन र श्री टासी स्याङ्बो गुरुङसेनी सहभागी हुनु भएको थियो । कार्यक्रम सञ्चालन प्रतिष्ठानका कार्यकारिणी सदस्य श्री ज्ञानेन्द्र पुनले गर्नु भएको थियो । कार्यक्रम संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री लालबाबु पण्डित ज्यूबाट पानसमा दियो बालेर उद्घाटन गर्नु भएको थियो । प्रतिष्ठानका सदस्य सचिव श्री गोविन्दलाल माझीबाट स्वागत मन्तब्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न आदिवासी जनजातिय संघसस्थाका प्रतिनिधिहरु, बुध्दिजीवीहरु र पत्रकारहरु उपस्थित रहेका थिए । प्रतिष्ठानको १८औं परिषद बैठक सफलताका साथ सम्पन्न होस् भनी वक्ताहरुबाट शुभकामना दिने कार्य भएको थियो । कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ ज्यूबाट कार्यक्रम सौहार्द्यपूर्ण वातावरणमा सफलताका साथ सञ्चालन गर्न सहयोग गर्ने सबैमा धन्यवाद दिदैं कार्यक्रमको पहिलो दिन समापन भएको घोषणा गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो दिन मिति: २०७५ फाल्गुन २४ गते शुक्रबार सञ्चालक परिषद सदस्यहरुको उपस्थितिमा प्रतिष्ठानको बन्द सत्र बैठक बसेको थियो । आदिवासी जनजातिय संघसंस्थाहरुको प्रतिनिधित्व गर्नु भएका परिषद सदस्यहरुबाट प्रतिष्ठानको कार्यक्रम र महत्वपूर्ण विषयवस्तुहरुमा छलफल र निर्णय गर्ने कार्य भएको थियो ।