आ.ज.उ.रा.प्रतिष्ठानको अन्तराष्ट्रिय मातृभाषा दिवस २०७४ कार्यक्रम

आ.ज.उ.रा.प्रतिष्ठानको अन्तराष्ट्रिय मातृभाषा दिवस २०७४ कार्यक्रम

२०७४ फाल्गुन ९ गते, बुधबार "अन्तराष्ट्रिय मातृभाषा दिवस" को अवसरमा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले कार्यक्रमको आयोजना गरि यस बर्ष " मातृभाषा सेवा पुरस्कार २०७४" मातृभाषामा महत्वपुर्ण योगदान पुर्याउनु हुने ४ जना आदिवासी जनजाति समूहका युवा श्रस्टाहरु श्री निराजन राई (बतास) – बान्तावा भाषा, श्री हेमा आले मगर – मगर ढुट भाषा, श्री तेजेन्द्र ताजपुरिया – ताजपुरिया भाषा र श्री तिलक चाम्लिङ – चाम्लिङ भाषा) लाई जनही तीस हजार रुपैया नगद पुरस्कार सहित सम्मान पत्र प्रतिष्ठानको कार्यालय परिसर सानेपा, ललितपुरमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त सम्मान प्रदान गरिएको थियो । यसबाट विभिन्न आदिवासी जनजाति युवाहरुलाई आफ्नो मातृभाषा संरक्षण, सम्बर्ध्दन र प्रबर्ध्दन गर्न अभिप्रेरित तथा प्रोत्साहनको लागी प्रतिष्ठानले केही मात्रामा भए पनि वर्षेनी यस प्रकारको कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ ।