प्रतिष्ठानको विश्व आदिवासी दिवस कार्यक्रम - २०७९ !!

२८औं विश्व आदिवासी दिवस कार्यक्रम

प्रस्तोता: शाखा अधिकृत हितकाजी गुरुङ्ग

२८औं विश्व आदिवासी दिवस (अगष्ट ९) को अवसरमा प्रतिष्ठान ऐन २०५८ र आदिवासी जनजातिहरुको सुचीकरणको समस्या/समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मिति:२०७९ साउन २३ गते सोमबार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री राजेन्द्र प्रसाद श्रेष्ठ रहनु भएको थियो । अन्य विशिष्ट अतिथिहरुमा माननीय श्री राम बहादुर थापा आदिवासी जनजाति आयोग, माननीय श्री विष्णु प्रसाद चौधरी थारु आयोग, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, आदिवासी जनजाति आयोगका माननीय सदस्य श्री शरण राई, डा.मीन श्रीस, सूर्य बहादुर पुन, बीना राना; संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री सुरेस अधिकारी तथा श्री वसन्त अधिकारी, आ.ज.उ.रा.प्रतिष्ठानका कार्यकारी सदस्य श्री निर्मला लिम्बु तथा श्री सेतेमान तामाङ, सुचीकरण कार्यदल सदस्य श्री प्रकाश भुजेल, प्रतिष्ठानका पूर्व उपाध्यक्ष श्री जितपाल किरात, आ.ज.उ.रा.प्रतिष्ठानका पूर्व सदस्य सचिव श्री लोक बहादुर थापा, आ.ज.महिला महासंघका महासचिव श्री शान्ति देवान, आ.ज.महिला महासंघका पूर्व अध्यक्ष श्री चन्द्रकला गुरुङ्ग, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष श्री अमृत सुनुवार, प्रतिष्ठानका पूर्व कार्यकारी सदस्य श्री ज्ञानेन्द्र पुन, महासंघका पदाधिकारी तथा जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरुको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरु लगायत सञ्चालक परिषद सदस्य ज्यूहरु तथा विभिन्न जातिय संस्थाबाट पाल्नु भएका सबैलाई आशन ग्रहणका लागि अनुरोध गरिएको थियो ।

प्रतिष्ठानले तत्दाकारोको विषय सुचीकरणलाई विश्व आदिवासी दिवसको अवसरमा सञ्चालन गरेको थियो। यस २८औं विश्व आदिवासी दिवसको मूलनारा “परम्परागत ज्ञान सीपमा आदिवासी जनजाति महिलाहरुको भूमिका” रहेको छ । यो कार्यक्रममा यही सूचीकरण विषयमा कार्यपत्र डा. ओम गुरुङ्गले गर्नु भएको थियो । डा. मुक्त सिंह लामा र श्री इच्छापूर्ण राई टिप्पनीकर्ताको रुपमा कार्य गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु हुने प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति ज्यूले २८औं विश्व आदिवासी दिवस कार्यक्रममा प्रमुख अतिथि सामन्य प्रशासन मन्त्री ज्यू, विशिष्ट अतिथिगण, जातिय संस्था, सरोकार संस्थाबाट उपस्थित सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्नु भएको थियो ।यस कार्यक्रम मनाई रहेको बेला यो कहिले देखि मनाउन शुरु गरियो भन्ने सन् १९८२ देखि नै संयुक्त राष्ट्र संघको मातहतमा रहेर विश्व आदिवासी जनजातिको पक्षमा कार्य गर्ने समूहले हक अधिकार र हितको रक्षा गर्न कस्ता कानून सन्धी, महासन्धीको आवश्कता छ भनेर यसलाई निरन्तरता सन् १९९७ मा संयुक्त राष्ट्र संघको महासभाले संसारभर आदिवासी जनजातिको कानून अधिकारको संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले विश्व आदिवासी दिवस मनाउने प्रचलन शुरु भएको थियो ।

नेपालको आदिवासीहरुको समस्या के हुन ? समस्या भोगी रहेको झेलि रहेको नेपालको आदिवासी जनजाति आन्दोलनलाई बलियो बनाउने सामाजिक रुपमा विकास गर्ने । यसलाई छलफल, बहस र एउटा निचोडमा पुग्न आवश्यक छ । यसमा प्रतिबद्ध भएर माग र मुद्दाका बारेमा छलफल गर्नु पर्ने र यस सुचीकरण सम्बन्धी अन्याय भएको अनेकौ सन्दर्भमा प्रश्न उठएको छ । सुचीकरण सम्बन्धी गम्भिर जाहेर गरका छन् । सुचीकरणको फाइदा बेफाइदा बेहोरको घाटा के हो? यसबारे प्रतिष्ठान ऐन छ ।सञ्चालक परिषदलाई अधिकार दिएको छ तर अनेकौ तवरबाट छिर्ने कोशिस गरेका छन् । यसको निष्कर्षमा पुगौ भन्ने छ । नेपालको संविधानले दिएको अधिकार र मन्त्री सकारात्मक हुनु हुन्छ । परिषद बैठकबाट पहुँचको आधारमा भन्दा सञ्चालक परिषदले सिफारिस गर्नु पर्नेमा प्रधानमन्त्री मार्फत सिधै जाने यस बारे गहिरो अध्ययन गर्न परिषद सदस्य श्री प्रकास भुजेललाई जिम्मेवारी दिइएको छ । अध्ययन चिन्तन मनन् भएकोले संयोजकको रुपमा यस सम्बन्धी कार्य गर्न वहाँलाई जिम्मेवारी दिइएको छ । यसलाई समाधान गर्न तपाई हामी निष्कर्षमा पुग्ने छौं भन्नु भयो ।

यस कार्यक्रमका प्रमुख अतिथिज्यू संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्युबाट दिप प्रज्वलन गरेर समुद्‌घाटन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका कार्यकारिणी सदस्य श्री सेतेमान तामाङले गर्नु भएको थियो ।

२८औं विश्व आदिवासी दिवस (अगष्ट ९) को अवसरमा प्रतिष्ठान ऐन २०५८ र आदिवासी जनजातिहरुको सुचीकरणको समस्या/समाधानका उपायहरु विषयक कार्यपत्र डा.ओम गुरुङ्गले गर्नु भएको थियो ।यस कार्यपत्रको टिप्पनीकर्तामा डा.मुक्त सिं लामा र ईन्छापूर्ण राई रहनु भएको थियो । यस कार्यक्रमलाई सफलताका साथ सु-सम्पन्नका लागि सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यु, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापाले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो ।

डा.ओम गुरुङ्गको कार्यपत्र माथि विभिन्न संघसंस्थाबाट प्रतिनिधि गर्दै सहभागीहरुबाट आफ्नो भनाई जिज्ञासा राख्ने कार्य भएको थियो ।यसको प्रतिउत्तर तथा पुष्ट्याईका लागि डा.ओम गुरुङ्गले जवाफ दिने कार्य गरिएको थियो ।कार्यक्रमको अन्तिममा समापनको लागि प्रतिष्ठानका कार्यकारी सदस्य निर्मला लिम्बु ज्युले कार्यक्रममा सबैले सक्रियताका साथ उपस्थित भएर यस कार्यक्रम सफल पारि दिनु भएकोमा धन्यवाद दिदैं कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।