भुजेल मातृभाषा साक्षरता कार्यक्रम

भुजेल मातृभाषा साक्षरता कार्यक्रम

भुजेल मातृभाषा साक्षरता कार्यक्रम

बिमला गुरुङ्ग - आ.ज.उ.रा.प्रतिष्ठान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले व्यास नगरपालिका वडा नं.१ दमौली, तनहूँमा भुजेल समाज सेवा समितिको आयोजनामा भुजेल मातृभाषा साक्षरा कार्यक्रम सञ्चालन गरिएको थियो ।यस कार्यक्रमका लागि स्थानीय संयोजकको भूमिका श्री पृथ्वी भुजेलले गर्नु भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता भुजेल समाज सेवा समितिका अध्यक्ष श्री तीर्थ बहादुर भुजेलले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तथा संञ्चालक परिषद सदस्य श्री बसुन्धारा भुजेल तथा भुजेल समाज सेवा समिति केन्द्रिय सचिव एवंम गण्डकी प्रदेश इञ्चार्ज श्री बिमल जी.सी.(भुजेल) रहनु भएको थियो। भुजेल मातृभाषा साक्षरताका लागि प्रशिक्षकका रुपमा श्री रेशम भुजेलबाट जम्मा २५ जना प्रशिक्षार्थीहरुलाई १० दिने भुजेल मातृभाषा प्रशिक्षण गराईएको थियो ।उक्त कार्यक्रमको समापन सभा अध्यक्ष श्री तीर्थ बहादुर भुजेलले गर्नु भएको थियो ।