“सरकारी कामकाजको रुपमा मातृभाषाः कार्यान्वयनका चुनौती र संभावना”

“सरकारी कामकाजको रुपमा मातृभाषाः कार्यान्वयनका चुनौती र संभावना”

मिति: २०७९ अषाढ २८ गते, मङ्गलबार ।

बिमला गुरुङ्ग - आ.ज.उ.रा.प्रतिष्ठान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा सरकारी कामकाजको रुपमा मातृभाषाः कार्यान्वयनका चुनौती र संभावना विषयक अन्तरकृयात्मक कार्यक्रम प्रतिष्ठानको सदस्य सचिव श्री कमलप्रसाद राजवंशीको अध्यक्षता, प्रमुख अतिथि आदिवासी जनजाति आयोग अध्यक्ष माननीय राम बहादुर थापा, विशिष्ट अतिथिहरु थारु आयोगका अध्यक्ष, माननीय विष्णु प्रसाद चौधरी, नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी माली, आदिवासी जनजाति महासंघ अध्यक्ष, ग्याल्जे लामा शेर्पा, भाषा आयोग प्रतिनिधि कमला पाण्डे, राष्ट्रिय मानव अधिकार आयोग प्रतिनिधि कुमारी शरणा उरांव, प्रतिष्ठानका पूर्व सदस्य सचिव लोक बहादुर थापामगर, प्रशासनिक प्रमुख तथा भाषा विज्ञ डा.लोक बहादुर लोप्चन तामाङ, भाषा केन्द्रिय विभाग प्रमुख प्रा.डा.बलराम प्रसाई,  फोनिज अध्यक्ष, गजुरधन राई, प्रस्तुतिकर्ता भाषाविद् अमृत योञ्जन, टिप्पणीकारहरु प्रा.डा.दानराज रेग्मी, डा.तारामणि राई र अधिवक्ता शंकर लिम्बु साथै आदिवासी अभियन्ता, भाषाविद्, लेखक, पत्रकारहरु माझ धोविघाट, ललतिपुरमा एक दिने कार्यक्रम कार्यपत्र प्रस्तुती, छलफल, सुझाव तथा टिप्पणी गरी सम्पन्न भएको थियो । यस कार्यक्रमका प्रतिवेदक कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार गणेश राई रहनु भएको थियो ।