प्रतिष्ठानको २२ औं सञ्चालक परिषद बैठक सम्पन्न !!

प्रतिष्ठानको २२ औं सञ्चालक परिषद बैठक सम्पन्न !!

मिति: २०७९/०३/३१ गते, शुक्रबार

हितकाजी गुरुङ- शाखा अधिकृत, आ.ज.उ.रा.प्रतिष्ठान

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको २२औं बैठक मिति: २०७९ अषाढ ३० गते, बिहीबार ललितपुरमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्रि शेर बहादुर देउवा ज्यूको र परिषदका सह अध्यक्ष तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यूको अनुपस्थितिमा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति ज्यूको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा अतिथि आशन ग्रहण पश्चात पानसमा दियो र राष्ट्रगानबाट कार्यक्रम उद्घाटन गरिएको थियो । यस प्रतिष्ठानको २२औं सञ्चालक परिषद बैठकको उद्‌घाटन समारोहमा स्वागत मन्तब्य प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशी ज्यूले गर्नु भएको थियो । यस कार्यक्रममा आमन्त्रित आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा, थारु आयोगका अध्यक्ष माननीय विष्णु प्रसाद चौधरी, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री ग्याल्जे लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष श्री अमृत कुमार सुनुवार, आदिवासी जनजाति आयोगका माननीय सदस्यहरु डा. मीन श्रीस र माननीय सूर्य बहादुर गुरुङ्ग, जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । वहाँहरुबाट प्रतिष्ठानको यस २२औं सञ्चालक परिषद बैठक सफलताका सञ्चालन तथा सु-सम्पन्नका लागि शुभकामना पनि ब्यक्त गर्नु भएको थियो ।

परिषद बैठकको दोस्रो दिन मिति: २०७९ अषाढ ३१ गते, शुक्रबार सञ्चालक परिषदका सदस्यज्यूहरुको सहभागितामा बन्द शत्र सञ्चालन गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति ज्यूले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशीले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने अगामी आ.व. २०७९/८० को कार्यक्रमको प्रस्तावित बजेट तथा कार्यक्रमको योजना तर्जुमा यस बैठकबाट अनुमोदन तथा पारितका लागी सञ्चालक परिषद सदस्यहरु माझ पेश गर्नु भएको थियो । यस बाहेक बैठकको अन्य एजेण्डाहरु माथि छलफल तथा अनुमोदनका लागि निवेदन गर्ने कार्य भएको थियो । यसै सन्दर्भमा आदिवासी जनजाति सुचिकरण, पून: सुचिकरण तथा स्वतन्त्र, पूर्व सु-सुचित जानकारी सहितको मञ्जुरिनामा सम्बन्धी विषयहरुमा छलफल, अध्ययन तथा कार्यान्वयन गर्नका लागी परिषद सदस्यहरु मध्येबाट कार्य समिति गठन कार्य गरिएको थियो ।