लोकसेवा पूर्व तयारी कक्षामा सहभागिहरुका लागि धरौटी फिर्ता सम्बन्धी सूचना !!

प्रतिष्ठानद्वारा सञ्चालित लोकसेवा पूर्व तयारी कक्षामा सहभागिहरु

(शाखा अधिकृत र नायब सुब्बा स्तर) का लागि धरौटी फिर्ता सम्बन्धी सूचना !!

 

यस आ.व. २०७८/०७९ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा सञ्चालित लोक सेवा पूर्व तयारी कक्षा कार्यक्रम अन्तर्गत छनौट प्रक्रिया मार्फत सहभागी हुन सफल शाखा अधिकृत तथा नायब सुब्बा स्तरका प्रशिक्षार्थीहरुले प्रशिक्षण अवधि पूरा गरे पश्चात यही २०७९ अषाढ मसान्त भित्र फिर्ता हुने भनिएको धरौटी रकम मिति: २०७९ अषाढ ३० र ३१ गते प्रतिष्ठानको २२औं सञ्चालक परिषद बैठकले कार्यालयको कामकाज तथा सेवा प्रवाह गर्न नसकिएको कारण उक्त धरौटी रकम फिर्ताका लागि ०२ दिन थप गर्ने समितिको निर्णय भए अनुसार उक्त अवधी मिति: २०७९ श्रावण १ र २ गते सम्ममा धरौटी फिर्ता लिई सक्नु पर्ने यसै सूचना मार्फत अवगत गराईन्छ । उक्त म्याद पश्चात धरौटी रकम राजश्व कोषमा जम्मा भई भुक्तानी दिन नसकिने हुँदा सो समयावधि भित्र नै यस प्रतिष्ठानमा सम्पर्क गर्न हुन अनुरोध छ । अन्यथा यस प्रति प्रतिष्ठान जवाफदेही हुने छैन । 

    प्रशिक्षार्थीहरुले धरौटी फिर्ताका लागि निम्न नियमहरुको पालना गरेको हुनु पर्नेछ :

 

  1. धरौटी रकम फिर्ताका लागी आवश्यक कागजातहरु: 

(क) धरौटी बुझाएको रसीद सक्कल प्रति

(ख) प्रशिक्षण लिएको संस्थाको प्रशिक्षार्थी परिचय पत्रको फोटोकपी

( नोट: परिचय पत्र नभएको खण्डमा प्रशिक्षण लिएको संस्थाको पत्र अनिवार्य समावेश गर्नु पर्नेछ ।)

  1. उक्त रकम मिति २०७९ असार मसान्त भित्र लिई सक्नु पर्नेछ ।
  2. प्रशिक्षार्थी कुनै कारणवश बिरामी परेको वा जरुरी काम विशेषले कक्षामा नियमित हुन नसकेको अवस्थामा कारण खुलाई कागजात प्रमाण समेत राखी निवेदन पेश गर्नु पर्नेछ ।
  3. कक्षामा हाजिरी नपुग भएको, बिना जानकारी कक्षामा नियमित नभएको, कक्षा अवधी पुरा नगरेको अवस्थामा धरौटी रकम फिर्ता हुने छैन ।
  4. धरौटी फिर्ता निवेदन फाराम यस प्रतिष्ठानको कार्यालयबाट उपलब्ध गराईएको छ ।

  

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

सानेपा, ललितपुर

फोन : ०१-५१८३१६५, ५१८३१७४