(८ मार्च) ११२ औं अन्तर्राष्ट्रिय नारी दिवश (२०७८ ) को अवसरमा मिति: २०७८ फागुन २३ गते सोमबार आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा अगेनो द हेसिया, भनीमण्डल, ललितपुरमा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ती मगर ज्यूको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न आदिवासी जनजाति महिला संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । यस कार्यक्रममा साहित्यकार, समाजसेवी तथा पुर्ब राज्यमन्त्री भद्रा घलेलाई सम्मान गरिएको थियो। त्यसका साथै आगामी निर्बाचनमा आदिवासी महिलाहरुलाई कसरी उल्लेख्य रुपमा प्रतिनिधित्व बढाउन सकिन्छ भन्ने बिषयमा पुर्बमन्त्री तथा पुर्ब उपसभामुख डा. शिबमाया तुम्बाहाम्फेज्युले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र माथी टिप्पनीकर्ता श्री ले टिप्पनी गर्नु भएको थियो । कार्यपत्र माथि बिभिन्न विद्वान महिला ब्यक्तित्वहरुले आ आफ्नो बिचार प्रस्तुत गर्नुभएको थियो।
११२ औं अन्तर्राष्ट्रिय नारी दिवश (२०७८ )
- 2022 March 18, Friday
सुचना
- 31 May 2023
- 20 February 2023
- 09 February 2023
समाचार
- 31 May 2023
- 20 February 2023
- 09 February 2023
- 13 January 2023