NFDIN Loksewa Preparatory Class 2022 Application !!

प्रतिष्ठानद्वारा सञ्चालन हुने लोकसेवा तयारी कक्षाको आवेदन म्याद थप तथा छनौट परिक्षा स्थगित भएको सम्बन्धी सूचना !!

यस आ.व.२०७९/८० मा प्रतिष्ठानद्वारा सञ्चालन हुने लोकसेवा पूर्व तयारी कक्षा (नि:शुल्क) मा सहभागि हुनका मिति: २०७९ कार्तिक १५ गते दोस्रो पटक सुचना प्रकाशन भए अनुसार आवेदन फाराम भर्न ०७ दिन म्याद थप गरी मिति: २०७९ कार्तिक २२ गते, मंगलबार भित्र सम्म आवेदन दिन सकिने छ । 

सोही अनुसार यस सम्बन्धी प्रथम पटक प्रकाशित सुचना मार्फत मिति २०७९ कार्तिक १९ गते शनिबार हुने भनिएको छनौट परिक्षा पनि स्थगित गरिएको र उक्त परिक्षाको स्थान, मिति, समय सम्बन्धी मिति: २०७९ कार्तिक २४ गते, बिहीबार यसै वेभसाईट मार्फत जानकारी गराईनेछ ।