NFDIN 21st Council Meeting !!

NFDIN 21st Council Meeting !!

मिति: २०७७/११/१४ गते शुक्रबार

हितकाजी गुरुङ- शाखा अधिकृत, आ.ज.उ.रा.प्रतिष्ठान

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको २१औं बैठक मिति: २०७७ फागुन १२ गते, बुधबार प्रधानमन्त्री निवास, बालुवाटार, काठमाडौमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्रि के.पि. शर्मा ओली ज्यूको अनुपस्थितिमा परिषदका सह अध्यक्ष तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना ज्यूले अध्यक्षता ग्रहण गरि कार्यक्रमलाई पुर्णता दिनु भएको थियो । यस प्रतिष्ठानको सञ्चालक परिषद बैठकमा मन्त्रालयका सह सचिवज्यूहरु लगायत विभिन्न सुचिकृत आदिवासी जनजातिय संस्थाका प्रतिनिधित्व गर्नु हुने परिषद सदस्य ज्युहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्ती ज्यूले गर्नु भएको थियो । यस परिषद बैठकको सञ्चालन तथा सफलताका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ज्यूले शुभकामना ब्यक्त गर्नु भयो ।

परिषद बैठकको दोस्रो दिन मिति: २०७७ फागुन १३ गते, बिहीबार बन्द शत्र स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सञ्चालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु हुने प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति ज्यूले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०७७/७८ को कार्यक्रमको समिक्षा गर्नु भएको थियो भने अगामी आ.व. २०७८/७९ को कार्यक्रमको प्रस्तावित बजेट तथा कार्यक्रमको योजना तर्जुमा यस बैठकबाट अनुमोदन तथा पारित गर्नु भएको थियो । यस बाहेक प्रतिष्ठानको नियमावली, विनियमावली तथा आदिवासी जनजाति सुचिकरण सम्बन्धी विषयहरुमा छलफल तथा कार्यान्वयनका लागी सर्वसम्मत पारित गरिएको थियो । यस प्रतिष्ठानको सञ्चालक परिषदको २१औं बैठक कार्यक्रम सञ्चालन प्रतिष्ठानका निमित्त योजना प्रमुख श्री दिवस राईले गर्नु भएको थियो ।