NFDIN 19th Council Meeting !!

NFDIN 19th Council Meeting !!

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको संञ्चालक परिषदको १९औं बैठक प्रमुख अतिथि तथा परिषदका सह-अध्यक्ष संधियमामिला तथा सामान्य प्रशासन मन्त्रि माननीय लालबाबु पण्डित ज्यूद्वारा मिति: २०७६ असार २७ गते, शुक्रबार स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान, जाउलाखेल, ललितपुरमा उद्‌घाटन गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ ज्यूबाट गर्नु भएको थियो । कार्यक्रममा पूर्व कानून मन्त्री श्री शेर बहादुर तामाङ, थारू आयोगका अध्यक्ष श्री विष्णु थारू, नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री भीष्मराज आङदेम्बेल र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री जगतबहादुर बरामले प्रतिष्ठानको परिषद बैठक सफलताका साथ सञ्चालनका लागी शुभकामना दिदै आ-आफ्नो भनाईहरु राख्नु भएको थियो । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्य सचिव श्री गोविन्द लाल माझीले गर्नु भएको थियो । 

 

परिषद् बैठकमा सूचिकृत ५९ आदिवासी जातिका ८३ सदस्यीय प्रतिनिधि रहने ब्यवस्था रहेकोछ । मिति २०७६ असार २८ गते परिषद बैठकको दोस्रो दिन बन्द सत्रमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ ज्यूको अध्यक्षतामा सञ्चालक परिषदका सदस्यहरु बिच प्रतिष्ठानले चालू वर्षको वार्षिक कार्यक्रमको समिक्षा र अगामी वर्षको कार्यक्रम कार्यान्वयनको लागी बैठकमा प्रस्ताव पेश गरिएको थियो । यस विषयमा परिषद सदस्यहरुबाट छलफल, जिज्ञासा, प्रश्नोत्तर, सल्लाह सुझाव र निर्णय गर्ने कार्यहरु भएका थिए ।