NFDIN 16th Anniversary Program !!

NFDIN 16th Anniversary Program !!

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १७ औं वार्षिकोत्सव समारोह कार्यक्रम यही २०७४ माघ २५ गते बिहिबार सानेपा, ललितपुरमा सम्पन्न भएको छ । 
प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका राज्यमन्त्री माननीय जनकराज चौधरीको प्रमुख आतिथ्यता, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोका मगरको बिशेष आतिथ्यता, नेपाली काग्रेसका प्रतिनिधि माननीय नरुत्तम बैद्ध, माओवादी प्रतिनिधि तथा जनजाति नेता सुरेश आलेमगर, राप्रपाका प्रतिनिधि माननीय रीता माझी, सङ्घिय समाजवादीका नेता योगराज बनेम, पुर्वसदस्य सचिव लोकबहादुर थापामगर लगायतका अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्यसचिव गोबिन्दलाल माझीबाट र यस कार्यक्रम सञ्चालन प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरबाट भएको थियो । यस कार्यक्रममा आदिवासी जनजातिहरुको संस्कृति झल्कने मगरको सोरठी, थारु, तामाङ र माझीको मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।