Need for Mother Language Education Policy on Local Level Seminar !!

Need for Mother Language Education Policy on Local Level Seminar !!

मिति: २०७८ श्रावण ०३ गते ।

  • शा.अ. हितकाजी गुरुङ्ग/ आ.ज.उ.रा.प्रतिष्ठान

स्थानीय तहमा मातृभाषा शिक्षा नितिको आवश्यक्ता सम्बन्धी २ दिने गोष्ठी

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा यस आ.व. २०७७/०७८ को स्विकृत कार्यक्रम अन्तरगत मातृभाषा संरक्षण र विकासका लागि “ स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यक्ता सम्बन्धी २ दिने गोष्ठि” कार्यक्रम गण्डकी प्रदेश, कास्की, पोखरामा २०७८ अषाढ २९ र ३० गते सञ्चालन गरिएको थियो । यस कार्यक्रमका प्रमुख अतिथि आ.ज.उ.रा. प्रतिष्ठानका निबर्तमान उपाध्यक्ष श्री झक बहादुर थापा ज्युबाट पानसमा दीप प्रज्वलन गरेर उद्‍घाटन गर्नु भएको थियो । यस कार्यक्रमको संयोजन स्थानिय तहमा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री खेम पुनमगर, उपाध्यक्ष  श्री गणेश थकाली, पूर्व उपाध्यक्ष श्री सूर्य बहादुर भुजेल, महासचिव श्री सुजन लामा, तमु धीं नेपालका अध्यक्ष श्री हुम बहादुर गुरुङ्ग, नेपाल तामाङ घेदुङका श्री दिपक वाइबा, नेपाल मगर संघका अध्यक्ष श्री सिद्धान्त थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल घर्तीमगर लगायत गण्डकी प्रदेशका सबै पार्टीका माननिय ज्युहरु, विभिन्न जिल्लाबाट आदिवासी जनजाति संघसंस्थाका पदाधिकारीहरु, प्रतिनिधिहरु तथा मातृभाषा अभियन्ता र पत्रकारहरु गरी झण्डै ५० जनाको सहभागिता रहेको थियो ।

यस कार्यक्रममा मातृभाषा शिक्षा निति सम्बन्धी भाषाविद् त्रि.वि.वि.का उपप्राध्यापक  डा. तारामणि राई र प्रतिष्ठानका पूर्व सदस्य सचिव श्री लोक बहादुर थापाबाट कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रतिष्ठानको यस प्रकारका कार्यक्रमले आदिवासी जनजातिहरुको मातृभाषा संरक्षणका लागि उत्प्रेरित गराउने र यसका लागि निरन्तर कार्य गर्न आवश्यक रहेको बताउनु भयो । लोप हुन लागेका आदिवासी जनजाति मातृभाषाहरुमा पाठ्यक्रमको विकास गरी पठनपाठनका लागि स्थानीय तहमा जोड गर्न पर्ने बताउनु भयो । यसै क्रममा लोप हुदै गई रहेको मातृभाषा जगेर्ना गर्ने कार्य चुनौतिपूर्ण रहेको पनि बताउनु भयो ।

यस कार्यक्रमका लागी प्रतिष्ठानका प्राज्ञिक  शाखा अधिकृत सरीना गुरुङ्ग र सहायक विमला गुरुङ्ग द्वय कार्यक्रम सञ्चालनका लागि खटिइनु भएको थियो । कार्यक्रम सञ्चालन महासचिव श्री सुजन लामाले गर्नु भएको थियो ।