International day of world indigenous peoples - NFDIN Program 2019

International day of world indigenous peoples - NFDIN Program 2019

२५औं आदिवासी दिवस-२०७६ को अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा “परम्परागत ज्ञान सीप: पुस्तान्तरण र संरक्षण” विषयक १ दिने अन्तरक्रियात्मक कार्यक्रम मिति: २०७६ श्रावण २३ गते, बिहिबार ललितपुर स्थित सिद्धार्थ कटेज, धोबिघाटमा सञ्चालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ्ग ज्यूले गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव श्री गोविन्दलाल माझी, कार्यकारिणी सदस्य ज्ञानेन्द्र पुन, टासी स्याङ्बो गुरुङसेनी, थारु आयोगका श्री विष्णु प्रसाद चौधरी, बौद्ध दर्शन तथा गुम्बा ब्यवस्थापन विकास समितिका श्री नरेन्द्र कुमार गुरुङ्ग,  राजनीतिक पार्टी नेकपाका पूर्व कानून मन्त्री माननीय शेर बहादुर तामाङ, राप्रपाका श्री लालध्वज लामा, राष्ट्रिय जनता पार्टी नेपालका श्री सुरेन्द्र कुमार जोशी, समाजवादी पार्टीका श्री खगेन्द्र माखिम,  आदिवासी जनजाति बुद्धिजिवि, आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा डा. मुक्त सिंह लामाबाट कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि टिकाटिप्पनी श्री बालकृष्ण माबुहाङ र श्री कैलाश राई बाट गर्नु भएको थियो । कार्यपत्र प्रस्तुति पश्चात सहभागीहरुबाट आ-आफ्नो प्रतिक्रिया, सुझाव र जिज्ञासाहरु राख्नु भएको थियो ।

यस विश्व आदिवासी दिवस अंग्रेजी तारिख अगस्ट ९ आदिवासी मातृभाषा अन्तर्राष्ट्रिय वर्ष २०१९ को रुपमा मनाईने सन्दर्भमा प्रतिष्ठानले मातृभाषा दिवस २०७६ मा सञ्चालन गरिएको हुँदा आदिवासी परम्परागत ज्ञान सीपहरुको संरक्षण र पुस्तान्तरण गर्न वर्तमान विश्वब्यापारीकरण परिवेशमा अति आवश्यक भएको हुँदा यो विषयवस्तु छनौट गरिएको हो । कार्यक्रमको अन्त्यमा उत्साहजनक सहभागिताका साथ आफ्ना अमूल्य धारणाहरु व्यक्त गरी यस प्रतिष्ठानलाई अगामी कार्यक्रमहरु प्रभावकारी ढंगबाट सञ्चालन गर्न मद्दत पुग्ने बताउँदै यस कार्यक्रम सफल र उपलब्धीमूलक भएको प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ्ग ज्यूबाट बताऊनु भयो ।