Book Release Program of NFDIN !!

Book Release Program of NFDIN !!

२०७७ पौष १२ गते, आइतबार

सानेपा, ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले आज आइतबार आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न विधाका १४ वटा पुस्तक सार्वजनिक गर्नुभएको छ ।  उक्त कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष श्री डण्ड गुरुङ, डा. कुन्साङ लामा योञ्जन, डा. कृष्णराज सर्वाहारी चौधरी, गणेश राई, आङ्गेल लामा, झरना बाम्वुले, पत्रकार ज्यूहरु तथा प्रतिष्ठानका अधिकृत दिवस राई, सरीना गुरुङ र बिमला गुरुङ उपस्थित रहनु भएको थियो । उक्त कार्यक्रम प्रतिष्ठानको प्राज्ञिक शाखा अनुसन्धान अधिकृत सरीना गुरुङले सञ्चालन गर्नु भएको थियो ।  

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा उल्लेख आदिवासी जनजातिको भाषा, लिपि, संस्कृति, साहित्य, कला, इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य प्राप्तिका निम्ति पुस्तक प्रकाशन गरिदै आएको छ ।

प्रतिष्ठानले स्थापना कालदेखि विभिन्न लेखकको कृति प्रकाशन सहयोग गर्दै आएकोमा आ.व. २०७१/०७२ देखि आफैले प्रकाशन गर्दै आएको छ । त्यसै अनुसार प्रतिष्ठानले सूचिकृत आदिवासीहरूको विभिन्न भाषाका विभिन्न विधाका ४०० वटा पुस्तक प्रकाशित गरेको छ । त्यसमध्ये "छन्त्याल जातिको चिनारी" (इथ्नोग्राफिक प्रोफाइल) एक रहेको छ । यो पुस्तकमा आदिवासी छन्त्यालको इतिहास, संस्कृति, संस्कार, भाषा, साहित्य, सामाजिक, आर्थिक पक्ष समेटिएको छ । हरिचन छन्त्यालले अध्ययन अनुसन्धान तथा पुस्तक लेखन गर्नु भएको हो ।  त्यसमा सूचिकृत आदिवासी जनजातिमध्ये २२ जातिको छुट्टाछुट्टै "जातीय चिनारी" (इथ्नोग्राफिक प्रोफाइल) पुस्तक प्रकाशित छन् । ती पुस्तकमा सम्बन्धित जातिको चिनारी तथा आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक विषय समेटिएका छन् ।

आदिवासी जनजातिहरूको जनसंख्या समेटिएको सूची विवरण पुस्तक "नेपाल एटलस" (इथ्निक एण्ड कास्ट ग्रुप्स, २००६), तिनीहरूको मातृभाषा झल्कने पुस्तक "नेपाल एटलस अफ ल्यांग्वेजेज ग्रुप्स, २००६" पुस्तक प्रतिष्ठानबाट प्रकाशित छ । यी पुस्तकहरूमा भएको विभिन्न आदिवासी जनजातिहरूको विवरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई विकास रणनीति बनाउनमा ठूलो सहयोग पुग्नेछ ।

यसैगरी आदिवासी जनजातिहरू बारे लेखिएका पुस्तक, लेखहरू समेटिएको विवरण सहितको "नेपाल बायोग्राफी अफ इन्डिजिनियस पिपल (जनजाति)" पुस्तक पनि प्रकाशन भएको छ । साथै प्रतिष्ठानले आफ्नो नीति तथा कार्यक्रमहरूलाई आदिवासी बुलेटिन र आदिवासी जनजाति जर्नलहरू प्रकाशन गर्दैआएको छ ।

प्रतिष्ठानबाट अध्ययन अनुसन्धान भएका, विभिन्न विषयविज्ञ, अध्यता, अनुसन्धाता, लेखकले विभिन्न विधामा तयार गरेका पुस्तकहरू प्रकाशन गरेको छ । इतिहास, संस्कृति, लोकवार्ता, पाठ्यपुस्तक जस्ता पुस्तक प्रकाशित छन् । जसमा १४ भाषाको व्याकरण, १० भाषाको शब्दकोश, २३ भाषाको वर्णमाला प्रकाशित छन् ।

विभिन्न मातृभाषामा साहित्यका विविध विधाका पुस्तक प्रकाशित छन् । ती भाषा आठपहरिया, कुलुङ, कोयु, चाम्लिङ, छिन्ताङ, छिलिङ, जेरो, दुङमाली, दुमी, नाछिरिङ, पुमा, बान्तावा, बाहिङ, वाम्बुले, साम्पाङ, नेवार, लिम्बु, मगर, थारू, उराँव, कुमाल, सुनुवार, गुरुङ, छन्त्याल, तामाङ, थामी, दुरा, धिमाल, मगर, ल्होमी, डोल्पो, जिरेल, राजवंशी, ताजपुरिया, किसान, दनुवार, थामी, मुगाली, बराम, मगर ढुट, मगर पाङ/खाम, मगर काइके, याक्खा, गन्गाई, माझी, छन्त्याल लगायत छन् । यसरी दस्तावेजिकरण कार्यले आदिवासी जनजातिको मातृभाषा, संस्कृति संरक्षण, संबर्द्धन तथा प्रबर्द्धन भएको छ भने नयाँ लेखकहरू जन्माउने काम भएको छ । 

विमोचित १४ पुस्तकहरू

क्र. सं.

पुस्तकको नाम

लेखक

पम्परागत मुगाल जातिको विवाहमा जन्तिहरुले गाउने गीत  

आङग्याल लामा

कुमाल समाज पाइने मिथक किंबदन्ति र लोक कथा विश्लेषणात्मक  

गणेश कुमाल

राजवंशी ब्याकरण    

दलसिहं राजवंशी

तमु भाषाको शब्दसंग्रह प्रकाशन 

टेक बहादुर पुंगी तमू

आदिवासी जनाजातीहरुको अधिकार र नेपालको सन्दर्भ

डा. कुन्साङ लामा

लोहसार फेस्टीबल सेलिबेटेट बाइ शेर्पा 

आङलामी शेपा

"रमिपाङमिचिवो मिन्मा" बान्तावा राई भाषाको कविता माथि समालोचना

शुसन राई

“च्याङमाखा” बाम्बुले राइ भाषाको कविता संग्रह

प्रकाशहरि क्याम्पा राई

ब्राम्लाम (चौबाटो)    

झरना वाम्बुले राई

१०

छ्वाङल्याक (छाल)   

गगनबहादुर राई

११

चाम्लिङ मामला गीत संग्रह    

शिवहरि राई

१२

डगौरा थारुको वर्ण निधारण   

थारु कल्याणकारी र आजउरा प्रतिष्ठान

१३

छन्तयाल जातीय चिनारी

हरिचन छन्त्याल

१४

थुंगा कविता संगालो   

आजउरा प्रतिष्ठान