मगर महिलाहरुलाई सिलाइ-कटाई तालिम सुरु

मगर महिलाहरुलाई सिलाइ-कटाई तालिम सुरु

 

आदिवासी जनजाति उत्थान रास्तृय प्रतिष्ठान को सहयोगमा नेपाल मगर महिला संघ बर्दियाले संचालन गरेको ३ महिने सीपमूलक सिलाई कटाई संबन्धी तालिमको सुभारम्भ भएको छ । अनुगमन कार्यक्रममा नेपाल मगर संघ केंद्रीय समितिका महासचिव साथै आदिबासी जनजाती उत्थान रास्ट्रीय प्रतिष्ठान कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यता, मगर विद्यार्थी संघ अध्यक्ष कमल थापामगर र मगर संघको जिल्ला अध्यक्ष धर्मराज घर्तिमगर को आतिथ्यतरमा मगर महिला संघ जिल्ला अध्यक्ष भगवती दर्लामिमगरको अध्यक्षतामा सम्पन्न भएको थियो । यस तालिमले बर्दीयाबासि मगर महिलाहरुलाइ आत्मनिर्भरताका लागि उत्साह र प्रेरणा मिलेको सहभागीहरुले बताएका छन।
(२०७४ बैशाख १५ गते, बासगढी बर्दिया)