NFDIN 21st Anniversary Program !! (08 February 2022)

NFDIN 21st Anniversary Program !! (08 February 2022)

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१औं स्थापना दिवस कार्यक्रम २०७८साल माघ २५ गते, मङ्‍गलबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यालय प्राङ्गान सानेपा, ललितपुरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रिज्यू माननीय प्रेम बहादुर आले ज्युको प्रमुख आतिथ्यतामा नेपाली राष्ट्र गान र दिप प्रज्वलन गरेर उद्‍घाटन गरिएको थियो । उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ तथा विभिन्न आदिवासी जनजाति संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकारहरु तथा प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल बहादुर घर्ति ज्यूले स्वागत मन्तव्य दिनु भएको थियो । यस पछी प्रतिष्ठानको यस वार्षिकोत्सवको अवसरमा सञ्चालित प्रतिष्ठानका कर्मचारी स्तरिय ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई माननीय मन्त्रीज्यू प्रेम बहादुर आलेको बाहुलीबाट पुरस्कार वितरण कार्य गरिएको थियो । त्यसको लगतै प्रतिष्ठानको स्थापनाकाल देखि नै लामो समय प्रतिष्ठानमा सेवा पुर्‌याउँदै आउनु भएको र अगामी वर्ष अवकाश हुनु हुने कर्मचारी श्री शारदा भट्टराईलाई वहाँको सेवा वापत सम्मान पत्र, दोसल्ला र मायाको चिनो प्रतिष्ठानका पदाधिकारी ज्यू र मन्त्री ज्यूको बाहुलीबाट प्रदान गर्नु भयो ।शुभकामना दिने क्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव श्री शुकविर थामीबाट प्रतिष्ठानको २१ औ स्थापना दिवसको अवसरमा शुभकामना दिने कार्य भएको थियो ।अन्त्यमा यस कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रिज्यू श्री प्रेम बहादुर आले ज्युबाट प्रतिष्ठानको बजेट अत्यन्त्यै न्यून रहेको र आफ्नो मन्त्रालयको तर्फबाट प्रतिष्ठानलाई सकिने कुनै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रमको अन्त्यमा यस कार्यक्रमका सञ्चालक प्रतिष्ठानका सदस्य सचिव श्री कमल बहादुर राजवंशी ज्यूले उपाध्यक्षको अनुमति सँगै कार्यक्रममा प्रतिष्ठानको निमन्त्रणालाई स्वीकार्दै उपस्थित सबैलाई धन्यवाद दिदैं कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भयो ।