
मिति: २०७८ भदौ २१ गते, सोमबार
आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा दाङको घोराहिमा प्रतिष्ठानको ऐन कानुन तथा नितिगत व्यवस्थाहरुमा मौजुदा रहेका प्रावधानमा परिवर्तित परिवेश अनुसार आवश्यक सुधार तथा परिमार्जन गर्न “परिवर्तित परिवेश बमोजिम आदिवासी जनजातिहरुको सवाल विषयक लक्षित समूह छलफल कार्यक्रम” सञ्चालन गरी सुझाबहरु सङ्कलन गर्ने कार्य गरिएको छ। छलफल कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तिमगर, सदस्य सचिब श्री कमल प्रसाद राजवंशी, निवर्तमान कार्यकारिणी सदस्य श्री ज्ञानेन्द्र पुन, निमित्त योजना प्रमुख श्री दिवस राई र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री जगत बराम लगायत विभिन्न जनजातिय सस्थाका प्रमुख पदाधिकारिहरु र जिल्लाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
(फोटो/ समाचार: दिवस राई)
For Photos please click here.