NFDIN Mother Language Day Program 2021

NFDIN Mother Language Day Program 2021

हितकाजी गुरुङ- शाखा अधिकृत, आ.ज.उ.रा.प्रतिष्ठान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा (फेब्रुअरी २१, २०२०) दिवसको अवसरमा मातृभाषा कविता वाचन कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा मिति: २०७६ फागुन १० गते, सोमबार सञ्चालन गरेको थियो । यस कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्ति ज्युले गर्नु भएको थियो । कार्यक्रमको उदघाटनमा उपाध्यक्ष ज्यूले पानसमा दिप प्रज्वलन गरी आदिवासी जनजाति गान बजाइएको थियो ।कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई आशन ग्रहण गराईएको थियो । कार्यक्रममा प्रतिष्ठानको अध्ययन अनुसन्धान तथा प्राज्ञिक शाखा प्रमुख सरिना गुरुङ ज्युले स्वागत मन्तब्य मार्फत यस मातृभाषा दिवस कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रम सफलताका लागि शुभकामना दिनु हुदै प्रतिष्ठानका उपाध्यक्ष ज्युले मातृभाषा संरक्षणका लागी आदिवासी जनजाति संस्थाहरु आफै सक्रिय रुपमा लागि पर्नु पर्ने बताउनु भयो । आफ्नो संस्कृति, भाषा नै आदिवासी जनजातिको पहिचान भएको हुँदा यसलाई संरक्षण र सम्बर्ध्दन गर्नु अति आवश्यक छ । भाषा आयोगका उपाध्यक्ष डा. लोक बहादुर लोप्चन ज्युले नेपालमा लोप हुन लागेका भाषाहरुको संरक्षण गर्न अति आवश्यक रहेको बताउनु भयो । कुसुण्डा, दुरा भाषाहरु लोप हुने संम्भावना रहेकोमा यसलाई भाषा आयोगबाट मासिक रू.१५,०००/- प्राप्त गर्ने व्यवस्था गरी मातृभाषा सिकाउन प्रोत्साहन गरेको बताउनु भयो । मातृभाषालाई जिविकापार्जन तथा आयश्रोत सँग जोडेमा मात्र भाषा संरक्षण हुन सक्ने बताउनु भयो । यस्तै वर्ण निर्धारण भाषा आयोगले पनि गर्ने, प्रतिष्ठानले पनि गर्ने हुँदा दोहोरो हुने हुँदा समन्वयको आवश्यक्ता भएको बताउनु भयो । यस पछी अन्य वक्ताहरु भाषविद डा. तारामणि राई (उपप्राध्यपक, केन्द्रिय भाषा विभाग त्रि.वि.वि.), श्री लोक बहादुर दुरा (उपाध्यक्ष, ने.आ.ज.महासंघ) ले पनि यस मातृभाषा दिवसको उपलक्ष्यमा शुभकामना तथा आफ्नो भनाई राख्नु भयो । कार्यक्रममा प्रतिष्ठानबाट वर्षेनी प्रकाशित हुने कविता संग्रह "थुङ्गा-१०" (अङ्क १०) को लोकार्पण गरिएको थियो । यसको लगतै कार्यक्रममा बिभिन्न आदिवासी जनजाति कवि तथा कवियत्रीहरुबाट २२ वटा मातृभाषामा कबिता बाचन गरिएको थियो । कार्यक्रम प्रतिष्ठानको निमित्त योजना प्रमुख श्री दिवस राईले सञ्चालन गर्नु भएको थियो ।