Mother Language Day 2019 (21 February, 2019) organized by NFDIN

Mother Language Day 2019 (21 February, 2019) organized by NFDIN

मिति २०७५ फाल्गुन ०९ गते, बिहिबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित "अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७५" कार्यक्रम प्रतिष्ठानको सह-अध्यक्ष तथा संघिय मामिला एवम् सामान्य प्रशासन मन्त्रि मा. लालबाबु पण्डितज्यु को आतिथ्यमा ललितपुर, जावलखेल स्थित स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानमा दीप प्रज्वलन गरी समुदघाटन भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव श्री गोविन्दलाल माझीबाट स्वागत मन्तब्य राख्दै विश्वभर यस दिन २१ फेब्रुरीलाई मातृभाषा दिवसको रूपमा मनाईदै आईरहेकोमा आदिवासी जनजातिहरुको मातृभाषा लोप हुन नदिन यसको उचित ढंगबाट संरक्षण, सम्बर्ध्दन र विकास गर्दै जान पर्ने बताउनु भयो । यसको लगतै प्रतिष्ठानबाट प्रकाशित कविता संग्रह "थूंगा" पुस्तक माननिय मन्त्रि ज्यूबाट विमोचन गर्ने कार्य भयो ।

प्रतिष्ठानबाट राष्ट्रिय दैनिक गोरखापत्रमा सुचना प्रवाह गरी मातृभाषा सेवा पुरस्कारका लागि आदिवासी जनजातीय मातृभाषाको क्षेत्रमा भाषा, साहित्य, कला (गीत, संगीत, चलचित्र), संस्कृतिमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टा÷सर्जकहरुलाई यस प्रतिष्ठानले मातृभाषा सेवा पुरस्कारबाट विभुषित गर्न प्रतिष्ठानमा तोकिएको समयावधि २०७५ माघ २७ गते भित्र दर्ता हुन आएका सर्जक÷स्रष्टाहरु मध्येबाट उक्त पुरस्कारको निम्ति छनौट समितिबाट १) श्री तेजमाया दुमी राई, २) श्री सन्जोग लाफा मगर र ३)श्री चन्द्र कुमार हतुवालीज्यू मातृभाषा सम्बन्धी आ-आफ्नो विधामा पुरस्कृत हुन सफल हुनु भएको थियो ।उनीहरुलाई प्रति ब्यक्ति सम्मान स्वरुप ताम्रापत्र र नगद रू. २५,०००/- उक्त कार्यक्रममा सम्मानिय मन्त्री लालबाबु पण्डितज्युको हातबाट प्रदान गरिएको थियो ।

कार्यक्रममा छनौट समितिका सदस्य श्री अमृत योञ्जन र प्रा.डा.चुन्दा बज्राचार्यबाट पनि छनौटका मापदण्ड र छनौट प्रक्रियाका बारेमा आफ्ना मन्तब्यहरु राख्नु भएको थियो । पुरस्कार वितरण लगतै सम्मानिय मन्त्री लालबाबु पण्डितज्युबाट आफ्नो मन्तब्य राख्नु भयो । नेपालमा विभिन्न भाषाभाषीहरु रहेका र यसले आफ्नो मौलिकता, साँस्कृतिक, रितिरीवाज र पहिचान झल्काउने हुँदा यसको संरक्षण र सम्बर्ध्दन गर्नु पर्ने वहाँले बताउनु भयो ।कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ ज्यूले यस कार्यक्रम सौहार्र्य वातावरणमा सफलताका साथ सम्पन्न भएको जनाउँदै सम्पूर्ण उपस्थित महानुभाव, अतिथी, पत्रकार र कर्मचारीहरुलाई धन्यवाद दिदैं कार्यक्रम समापन भएको घोषणा गर्नु भयो । अन्त्यमा सर्जक/स्रष्टाहरुबाट आ-आफ्नो मातृभाषामा कविता वाचन प्रस्तुत गर्नु भयो ।

Please click below on the link for program photo viewing:

https://drive.google.com/open?id=1yAHWW-UxTd4d2ET9SXOCKmwNeNcaaF3g