Lok Sewa Class Deposit Refund Notice !!

आदिवासी जनजाति लोकसेवा पूर्व तयारी कक्षामा सहभागिहरु (शाखा अधिकृत र नायब सुब्बा स्तर) का लागि धरौटी फिर्ता सम्बन्धी सूचना !!

यस आ.व. २०७८/०७९ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा सञ्चालित लोक सेवा पूर्व तयारी कक्षा कार्यक्रम अन्तर्गत छनौट प्रक्रिया मार्फत सहभागी हुन सफल शाखा अधिकृत र नायब सुब्बा स्तरका प्रशिक्षार्थीहरुले प्रशिक्षण अवधि सफलताका साथ सम्पन्न भएको हुँदा यस प्रतिष्ठानद्वारा धरौटी रकम फिर्ता प्रक्रिया शुरु भएको यसै सूचना मार्फत जानकारी गराईन्छ । धरौटी रकम फिर्ता यही २०७९ असार मसान्त भित्र फिर्ता लिई सक्नु पर्नेछ ।  मिति २०७९ असार महिना पछी धरौटी रकम राजश्व कोषमा जम्मा भई भुक्तानी दिन नसकिने हुँदा सो समयावधि भित्र नै यस प्रतिष्ठानमा सम्पर्क गर्नु होला । अन्यथा यस प्रति प्रतिष्ठान जवाफदेही हुने छैन ।

    

प्रशिक्षार्थीहरुले धरौटी फिर्ताका लागि निम्न नियमहरुको पालना गरेको हुनु पर्नेछ :

  1. धरौटी रकम फिर्ताका लागी आवश्यक कागजातहरु (क) धरौटी बुझाएको रसीद सक्कल प्रति (ख) प्रशिक्षण लिएको संस्थाको प्रशिक्षार्थी परिचय पत्रको फोटोकपी संलग्न गरी अनिवार्य रुपमा निवेदन पेश गर्नु पर्नेछ । उक्त रकम मिति २०७९ असार मसान्त भित्र लिई सक्नु पर्नेछ ।
  2. प्रशिक्षार्थीहरु कक्षा नियमित हुनु पर्नेछ ।नितन्तर ४ दिनसम्म बिना जानकारी अनुपस्थित भएमा र तयारी कक्षाको शिलशिलामा लिइने परीक्षाहरुमा निरन्तर २ पटकसम्म अनुपस्थित भएमा धरौटी फिर्ता हुने छैन ।
  3. प्रशिक्षार्थी कुनै कारणवश बिरामी परेको वा जरुरी काम विशेषले कक्षामा नियमित हुन नसकेको अवस्थामा कारण खुलाई कागजात प्रमाण समेत राखी निवेदन पेश गर्नु पर्नेछ ।
  4. धरौटी रकम फिर्ता लिनको लागि तोकिएको कक्षा अवधी पुरा गरेको हुनु पर्नेछ । कक्षामा हाजिरी नपुग भएको, बिना जानकारी कक्षामा नियमित नभएको, कक्षा अवधी पुरा नगरेको अवस्थामा धरौटी रकम फिर्ता हुने छैन ।
  5. धरौटी फिर्ता निवेदन फाराम यस प्रतिष्ठानको कार्यालयबाट उपलब्ध गराईएको छ । निवेदन फाराम डाउनलोडका लागि तल लिङ्कमा क्लिक गर्नु होस ।   Application Letter

 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

सानेपा, ललितपुर

फोन : ०१-५१८३१६५, ५१८३१७४

अडियो नोटिस बोर्ड नं: १६१८०१५१८३१६५