
आज (८ मार्च) ११२ औं अन्तर्राष्ट्रिय नारी दिवश (२०७८ ) को अवसरमा सम्पुर्ण महिला दिदीबहिनीरुमा शुख, शान्ती एवम उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
यहि अवसरमा हिजो आदिबासी जनजाति उत्थान रास्ट्रीय प्रतिस्ठानद्वारा एक कार्यक्रमको आयोजना गरि साहित्यकार, समाजसेवी तथा पुर्ब राज्यमन्त्री भद्रा घलेलाई सम्मान गरिएको थियो। त्यस्का साथै आगामी निर्बाचनमा आदिवासी महिलाहरुलाई कसरी उल्लेख्य रुपमा प्रतिनिधित्व बढाउन सकिन्छ भन्ने बिषयमा पुर्बमन्त्री तथा पुर्ब उपसभामुख डा. शिबमाया तुम्बाहाम्फेज्युले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बिभिन्न विद्वान महिला ब्यक्तित्वहरुले आ आफ्नो बिचार प्रस्तुत गर्नुभएको थियो।